प्रेम राज बने आयुर्वेद डाक्टर

प्रेम राज बने आयुर्वेद डाक्टर

दार्चुला : दुहुँ गाउँपालिका–४ जोशीगाउँका प्रेम राज जोशी आयुर्वेद डाक्टर बनेका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले लिएको लाइसेन्सिङ् परीक्षामा उतीर्ण हुँदै २५ वर्षीय जोशी आयुर्वेद डाक्टर बन्न सफल भएका हुन् । डाक्टर बन्नेमा त्यहाँका जोशीपरिवारका प्रेम राज पहिलो व्यक्ति हुन् ।

कक्षा तीनसम्म गाउँकै धारिपाटा मावि धारीमा अध्ययन गरेका जोशीले कक्षा ४ र ५ जिल्ला सदरमुकामस्थित बसन्त भ्याली पब्लीक स्कुल र कक्षा ६ देखि १० सम्म एसियन एकेडेमी स्कुलबाट शिक्षा हासिल गरेका थिए ।

२०७२ सालको एसइईमा जिल्लामै उत्कृष्ट नतिजा ल्याएका जोशी पढाईमा अब्बल थिए । यस्तै उनले आईएस्सी नेपाल मेगा कलेज बबरमहल काठमाडौँबाट गरेका थिए । भने स्नातक तह (बिएएमएस) उत्तीर्ण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरबाट गरेका छन् । उनले त्यहाँ छात्रवृत्तिमा अध्ययन गरेका हुन् ।निक्कै मेहनत, लगन र समर्पणले सफलता प्राप्त गरेकोमा उनलाई आफन्त तथा शुभेच्छुकहरुले बधाई दिइरहेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *