‘जीवन र मृत्युबीच लडिरहेका रोशनलाई अब हामी सबैको साथ चाहियो’

‘जीवन र मृत्युबीच लडिरहेका रोशनलाई अब हामी सबैको साथ चाहियो’

दार्चुला : जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका १६ वर्षीय रोशन बडाल अहिले ब्लड क्यान्सरसँग ज्यानको युद्ध लडिरहेका छन् । कक्षा ९ मा अध्ययनरत रोशन अहिले काठमाडौंस्थित सिभिल अस्पतालको शैय्यामा दिनरात बेदनासँग जुधिरहेका छन् ।

जसले कहिल्यै हार मानेका थिएनन्, विद्यालयमा राम्रो पढ्थे, सपना थियो परिवारलाई उज्यालो भविष्य दिने तर नियतिले अर्कै बाटो देखायो। ब्लड क्यान्सरको संक्रमणसँगै उनको परिवारमा बज्रपात भयो । अझ दर्दनाक त के भने, उपचारकै बीचमा उनका बुबाको अकस्मात् निधन भयो। परिवारको आधार स्तम्भ गुमेपछि आकाशै ढलेजस्तो भयो बडाल परिवारका लागि।

रोशनको जीवन बचाउन बोन म्यारो प्रत्यारोपण गर्नु अत्यावश्यक भएको चिकित्सकहरूले बताएका छन् । त्यसका लागि २५ देखि ३० लाख रुपैयाँसम्मको रकम आवश्यक पर्छ, तर परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। अहिलेसम्म आफन्त र सहयोगी मनले स–सानो रकम जुटाइरहेका छन्, तर अझै ठूलो रकम जुटाउनु पर्नेछ ।

“छोरालाई बचाउन सकियो भने, बुबाको आत्माले पनि शान्ति पाउनेछ,” रोशनका दाइ प्रेम बडाल आँसु झार्दै भने — “अब हामीसँग आफ्नै स्रोत छैन, सबैको सहयोगको आशामा छौँ।”

प्रेमले भाईलाई बचाउन एक पटक फेरि सहयोगीहरुसङ्ग आर्थिक रकमको लागि बिन्ती चढाएका छन् । हाम्रो सानो सहयोगले एक बालकको जीवन फिर्ता आउन सक्छ। आज तपाईंले दिएको सहयोगले रोशनको भविष्य उज्यालो बनाउन सक्छ।

सहयोग गर्न इच्छुक सबै सहयोगी मनहरूले रोशनका दाई प्रेम बडालको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर 4300100002061104 मा सक्दो सहयोग पठाउन सकिने छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *