ब्याँसको गल्थामा ट्याक्टर दुर्घटना, सेनाद्वारा चालकको उद्वार

ब्याँसको गल्थामा ट्याक्टर दुर्घटना, सेनाद्वारा चालकको उद्वार

दार्चुला : ब्याँस गाउँपालिका- ४ स्थित गल्थामा ट्याक्टर दुर्घटना भएको छ । सोमबार दिउँसो साढे १ बजेको समयमा महाकाली कोरिडोर अन्तर्गत निर्माण भइरहेको सडकमा निर्माण सामग्री बोकेको सु.प्र.प ११६६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर दुर्घटना लगत्तै सुन्सेरास्थित नेपाली सेनाको विकास निर्माण दल-२ बाट जमदार दिपक शाहीको कमान्डमा १० जनाको टोलि घटनास्थल खटिइ ट्याक्टर चालकको उद्दार गरेको छ ।

ट्याक्टर दुर्घटनामा कंचनपुरको भीमदत्त नगरपालिका-९ घर भएका २० बर्षिय चालक सचिन ठगुन्ना घाइते भएका थिए । घाइते ठगुन्नालाई घटनास्थलबाट नेपाली सेनाले आफ्नै गाडीमार्फत उद्वार गरि सुन्सेरस्थित व्यारेकमा ल्याई प्राथमिक उपचार गरेर थप उपचारको लागि जिल्ला अस्पताल दार्चुला रेफर गरेको सेनाले जनाएको छ । ट्याक्टर सडक भन्दा करिब २०० मिटर तल खसेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *