एसइईमा ए प्लस ल्याउनेलाई दुहुँ गाउँपालिका–३ ले ४० हजार दिने

एसइईमा ए प्लस ल्याउनेलाई दुहुँ गाउँपालिका–३ ले ४० हजार दिने

दार्चुला : माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई दुहुँ गाउँपालिका वडा नम्बर ३ ले सम्मान गर्ने भएको छ । वडा अध्यक्ष देव बहादुर बमले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने वडामा रहेका दुई विद्यालयका विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगदद्धारा सम्मान गर्ने घोषणा गरेका हुन् ।

उनले घोषणा गरेअनुसार २०८२ सालको एसइई परीक्षामा सहभागी भई अंग्रेजी, गणित र विज्ञान विषयमा ३.२ जीपीए ल्याइ सफल हुने विद्यार्थीलाई रु ५ हजार प्रदान गरिने छ । यस्तै ३.६ जीपीए ल्याउनेलाई २० हजार र ३.६ जीपीए भन्दा माथि ल्याउने विद्यार्थीलाई ४० हजार नगद उपलब्ध गराइने छ ।

यस वडाले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आइरहेको छ । वडा नम्बर ३ अन्तर्गत श्री जनविकास मावि बारबाज र श्री गणेश मावि सिमली सामुदायिक विद्यालय छन् । यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सुरु हुदैछ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *