दार्चुलामा आप्रवासी स्रोत केन्द्र स्थापना
दार्चुला : दार्चुलामा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा सहजीकरणका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो । शुक्रवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरे । सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । आप्रवासी स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी










