नजरिया

अनेरास्ववियुको दोस्रो विस्तारित बैठक सम्पन्न, ५ महिने कार्य योजना तयार

दार्चुला : नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य आन सिंह बडालको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा विस्तारित बैठक सम्पन्न भएको हो । बैठकले ५ महिने (मंसिरदेखि चैतसम्म) कार्ययोजना तयार पारेको अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कार्ययोजना बमोजिम मंसिर

जीप दुर्घटनाका घाइते ३ जनाको हेलिकप्टरबाट उद्धार

दार्चुला : जीप दुर्घटनामा परी घाइते भएका ३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गम्भीर घाइते मालिकार्जुन गाउँपालिका–८ पस्तीका जीप चालक ३० वर्षीय सुनिल जोशी, शैल्यशिखर नगरपालिका–५ का ७ वर्षीय सन्दिप रावल र बैतडीको डिलाशैनी गाउँपालिका–४ का ४१ वर्षीय उत्तम रोकायाको हेलिकप्टरबाट उद्धार गरी धनगढी लगिएको गोकुलेश्वर अस्पताल दार्चुलाका निमित्त मेसु डाक्टर उत्तम सिंह धामीले जानकारी दिए । यस्तै भारतको बिजनैरका १८ वर्षीय सोहिन शाहको गोकुलेश्वरमा उपचार भइरहेको

बोहराले छोडिन राप्रपा अध्यक्ष पद, दयालीको नेतृत्वमा तदर्थ समिति गठन

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाका अध्यक्ष ईन्द्रा बोहराले अध्यक्ष पद छोड्दा प्रकाश दयालीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ । मंगलवार राप्रपा जिल्ला कार्य समितिको बैठकले सहसचिव रहेका दयालीको नेतृत्वमा तदर्थको जिल्ला कार्य समिति गठन गरेको हो । राप्रपाको जिल्ला उपाध्यक्षमा सुरज सिंह ऐतवाल, कृष्ण बहादुर कुँवर र चक्र बहादुर बम रहेका छन् । यस्तै सचिवमा आन सिंह महरा तथा प्रवत्तामा नरेन्द्र धामी छन् । राप्रपाको सदस्यमा धन

बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई ५ दिने क्षमता विकास तालिम

दार्चुला : महाकाली नगरपालिकाको आयोजनामा बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ । सामुदायिक विकास केन्द्र डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले उद्घाटन गरेका छन् । तालिममा महाकाली नगरपालिकाका १५ आधारभूत विद्यालयका शिक्षकहरुको

दुहुँ–५ उपनिर्वाचन : काँग्रेस, एमाले र माओवादीबाट कुँवर, बडाल र कार्की उम्मेदवार

दार्चुला : दुहुँ गाउँपालिका वडा नम्बर ५ मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । यसअघि काँग्रेस र एमालेले अध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएकोमा बुधवार माओवादी केन्द्रले पनि उम्मेदवारको टुंगो लगाएको हो । दुहुँ गाउँपालिका–५ मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले धन बहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले मान सिंह बडाललाई उम्मेदवार उठाएको छ ।

दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने

दार्चुला : दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर २ गतेदेखि १२ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा मंसिर २ गतेदेखि १२ गतेसम्म खोपअभियान सञ्चालन गर्न पत्राचार गरिएको छ । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी बढीमा ३ दिनसम्म

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दार्चुलाको अध्यक्षमा नवीन जोशी

दार्चुला : दार्चुलामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठनको अधिबेशन गरिएको छ । कात्तिक २४ गते सम्पन्न अधिबेशनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दार्चुलाको अध्यक्षमा नवीन जोशीलाई चयन गरेको छ । संगठनको उपाध्यक्षमा सरोज बिष्ट र पारस टमटा चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अशोक सिंह सम्राट, हिमाल शाही लगायतका नेता कार्यकर्ताको उपस्थितिमा युवा संगठनको नेतृत्व चयन गरिएको हो । सचिव र कोषाध्यक्ष पार्टीले चयन गर्ने

कार्यकर्तामा जाँगरण ल्याउन सय दिने विशेष अभियान : केन्द्रीय सदस्य खातुन

दार्चुला : नेपाली काँग्रेसका केन्द्रीय सदस्य जावेदा खातुन जागाले कार्यकर्तामा जाँगरण ल्याउन सय दिने विशेष अभियानको थालनी गरिएको बताउनुभएको छ । सय दिने अभियान अन्तर्गत दार्चुला जिल्लामा खटिएकी केन्द्रीय सदस्य खातुनले यो अभियानले पार्टीका गतिविधि चलायमान बनाउने र कार्यकर्तामा जाँगरण ल्याउने बताउनुभयो । आइतवार नेपाली काँग्रेस दार्चुलाद्धारा आयोजित पत्रकार सम्मेलनका क्रममा बोल्दै केन्द्रीय सदस्य खातुनले काँग्रेस विभिन्न समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएकोमा यस पालिका कार्यकर्तामा जाँगरण ल्याउन र पार्टीका

काँग्रेसको सय दिने अभियान : यी हुन पालिकामा खटाइएका प्रतिनिधिहरु

दार्चुला : काँग्रेसको सय दिने विशेष अभियान अन्तर्गत दार्चुलाका ९ वटै स्थानीय तहमा प्रतिनिधि खटाइएको छ । केन्द्रीय सदस्यदेखि लिएर जिल्ला तहका नेताहरुलाई जिम्मेवारीसहित स्थानीय पालिकामा खटाइएको नेपाली काँग्रेस काँग्रेस दार्चुलाले जनाएको छ । जिल्लाको व्याँस गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति मान सिंह बुढाथोकी, महासमिति सदस्य शान्ति बम, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिंह धामी, प्रदेश सभा क्षेत्र नम्बर १ सचिव हरि जोशी, नेविसंघका केन्द्रीय सदस्य नविन जोशी र जिल्ला कार्य समितिका

जीविकोपार्जनमा सशक्त बन्दै महिला

दार्चुला : सीमा नदी महाकाली किनारका महिलाहरु जीविकोपार्जनमा सशक्त बन्दै गएका छन् । सीडाको आर्थिक तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपाल दार्चुलाले जिल्लामा ट्रोसा दोस्रो परियोजना अन्तर्गत महिलालक्षित विभिन्न जीविकोपार्जनका क्षेत्रमा काम गर्न थालेपछि यहाँका महिलाहरु सशक्त बन्दै गएका हुन् । दार्चुला जिल्लाका ५ पालिकामा ट्रोसा दोस्रो परियोजना लागू छ । जसअन्तर्गत १० वटा महिला आर्थिक सशक्तिकरण केन्द्र गठन भएका छन् । गाउँ–गाउँमा गठन भएका केन्द्र (समूह) मा आवद्ध