नजरिया

गणतन्त्रविरुद्ध राप्रपा दार्चुलाको विरोध प्रदर्शन

दार्चुला : दार्चुलामा गणतन्त्रविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विरोध प्रदर्शन गरेको छ । गणतन्त्र विरुद्ध चर्को नाराबाजी गर्दै राप्रपाले शुक्रवार जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो । `राजा आउ, देश बचाउ, गाउँ गाउँमा हल्ला छ, राजा ल्याउने सल्लाह छ´ भन्ने जस्ता गणतन्त्र विरोधी चर्कानारा लगाउदै खलंगा खुलामन्चबाट निकालिएको र्याली राष्ट्रिय झण्डासहित बजार परिक्रमा गरी पुनः खुलामन्चमै पुगी कोणसभामा परिणत भएको थियो । संवैधानिक राजसंस्था, जनताबाट निर्वाचित कार्यकारी प्रमुख तथा बैदिक

महोत्सव लाग्नु अघि नेविसंघले बुझायो आयोजक उद्योग वाणिज्य संघलाई १० बुँदे अनुरोध पत्र

दार्चुला : दार्चुलामा यहि चैत १५ गतेदेखि २५ गतेसम्म दार्चुला महोत्सव आयोजना गर्ने उद्योग वाणिज्य संघले निर्णय गरेको छ । महोत्सवको तयारी स्वरुप अहिले महोत्सव आयोजना हुने स्थलमा व्यवस्थापनको काम धमाधम भइरहेको छ । यसै सन्दर्भमा महोत्सव सुरु हुनुभन्दा अघि नेपाल विद्यार्थी संघले आयोजक उद्योग वाणिज्य संघ दार्चुलालाई १० बुँदे अनुरोध पत्र बुझाएको छ । नेविसंघ दार्चुलाका उपाध्यक्ष भूपेन्द्र सिंह धामीको नेतृत्वमा रहेका विद्यार्थी नेताहरुले बुझाएको अनुरोधपत्रमा महोत्सवलाई सभ्य, भव्य,

स्ववियु जित्दाको खुसीयाली

दार्चुला : दार्चुलाको छिमेकी जिल्ला बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल स्ववियु निर्वाचनमा विजयी हुँदा खुसीयाली बाडिएको छ । चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका कृष्ण सिंह रावल अध्यक्षमा निर्वाचित भए भने सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड, कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी, सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट, उषा साउँद, सन्तोषी खडायत र हिरा गोयला निर्वाचित भएका छन् । यस्तै सदस्यमा अनेरास्ववियुकी

राप्रपा दार्चुलाले भोलि विरोध प्रदर्शन गर्दै

दार्चुला :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रवार दार्चुलामा विरोध प्रदर्शन गर्दैछ । संवैधानिक राजसंस्था, जनताबाट निर्वाचित कार्यकारी प्रमुख तथा बैदिक सनातन सहितको हिन्दुराष्ट्र, भ्रष्टाचारका अन्त्य  र प्रदेश खारेजीको माग गर्दै राप्रपाले दार्चुलामा विरोध प्रदर्शन गर्न लागेको हो । बिहान ११ बजे खुलामञ्चमा जम्मा भई बजार परिक्रमा संगै र्याली निकालिने राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । उनका अनुसार खुलामञ्चमा जम्मा भएर बजार परिक्रमा गर्ने र जनसभा गर्ने कार्यक्रम रहेको

पश्चिमाञ्चल क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार धामी निर्वाचित

दार्चुला : इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अध्यक्षमा प्रकाश धामी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका धामी ७ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका अनुप न्यौपानले ४ सय ४९ मत प्राप्त गरे । यस्तै सचिवमा अखिल (क्रान्तिकारी) का हरिकृष्ण थापा र कोषाध्यक्षमा पनि अखिल (क्रान्तिकारी) कै उम्मेदवार निर्वाचित भएका छन् । धामी सिभिल चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका रावल निर्वाचित

बैतडी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । एक सदस्यबाहेक सबै पदमा नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवारहरुले विजय हासिल गरेका हुन् । निर्वाचन अधिकृत राजेन्द्र प्रसाद जोशीका अनुसार सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कृष्ण सिंह रावल निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित रावलले १ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९

स्ववियु निर्वाचन : दार्चुलाका तीन क्याम्पसमा पदाधिकारी निर्वाचित घोषणा

दार्चुला : दार्चुलाका तीन क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरेको छ । सर्वसम्मत चयन भएका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो । त्रिविका सम्बन्धन प्राप्त दार्चुलाका ५ क्याम्पसमा तीन विद्यार्थी संगठनहरुबीच आपसी समझदारीमा नेतृत्व सर्वसम्मत चयन भएको थियो । सर्वसम्मत चयन भएका दुई क्याम्पसहरुले भने अन्तिम नामावली सार्वजनिक गरेका छैनन् । नामावली सार्वजनिक नगर्ने क्याम्पसमा अपिनाम्पा क्याम्पस हुति र शंकरपुर क्याम्पस पस्ती रहेका छन्

मालिकार्जुनमा परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरेको छ । पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरिएको हो । फागुन २५ गतेबाट सञ्चालन भई चैत ४ गते सम्पन्न भएको पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरिएको मालिकार्जुन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकन्द्र सिंह धामीले जानकारी दिए । मालिकार्जुन गाउँपालिकामा १४ वटा विद्यालयका ३ सय २८

३१औं प्रहरी प्रमुखमा दिपक थापा

काठमाडौँ : नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । आज राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी बसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

निर्णयमा निर्ममता, चरित्रमा पवित्रतासहितको नेतृत्व आजको आवश्यकता

‘ए पेड काहे का है’ भन्दै मकैको बुटा नचिन्नेले भेडाको थुन कति वटा हुन्छ भनि सोध्नेले कृषि र पशुपालनको नाँउमा राज्यकोष बाट करोडौ अनुदान पाउँछ । गाँउमा हलो जोत्दै, भेडी गोठ सोहर्दै कुप्रिएको किसानले किन्न मल पाउदैन्, छेरिएको भेडीलाई ओखति मुलो पाउदैन, अनि त्यो किसानले लोकतन्त्र ठीक भन्दै उभिनु पर्ने ?घरखेत बेचविखन गरी सन्तानलाई जागिर खाला भनि लेखपढ गराउनु पर्ने, सीप सृजनारहित फगत डिग्रीको पातो हात लागेर लोकसेवामा भिडदा भिडदै