नजरिया

एमाले अब एमाले रहेन्, 'बामाले' भइसक्यो : भीम रावल

दार्चुला : मातृभूमि जांगरण अभियानका संयोजक डाक्टर भीम रावलले एमालेले आफ्‌नो जबजको सिद्धान्त कुल्चेर बामालेको पथमा हिडिरहेको बताउनुभएको छ । मंगलवार दार्चुलामा सञ्चारकर्मीहरुसँगको भेटमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बामालेको संज्ञा दिदै एमाले अब एमाले नभई बामाले भएको बताउनुभएको हो । ‘एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन्, केपी ओलीले जे भन्यो त्यही हुन्छ, त्यसैले एमाले अब एमाले रहेन् बामाले भइसक्यो’ – रावलले भने । आफूलाई एमाले पार्टीबाट

एमाले अब एमाले रहेन्, 'बामाले' भइसक्यो भीम रावल

दार्चुला : मातृभूमि जांगरण अभियानका संयोजक डाक्टर भीम रावलले एमालेले आफ्‌नो जबजको सिद्धान्त कुल्चेर बामालेको पथमा हिडिरहेको बताउनुभएको छ । मंगलवार दार्चुलामा सञ्चारकर्मीहरुसँगको भेटमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बामालेको संज्ञा दिदै एमाले अब एमाले नभई बामाले भएको बताउनुभएको हो । ‘एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन्, केपी ओलीले जे भन्यो त्यही हुन्छ, त्यसैले एमाले अब एमाले रहेन् बामाले भइसक्यो’ – रावलले भने । आफूलाई एमाले पार्टीबाट

दुहुँ गाउँपालिकाको ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । पालिकाको विशेष अनुदान अन्तरगत ३५ लाख बजेटबाट वडा नम्बर ३ को कार्यालयसम्म सडक निर्माण गरिएको हो । चालू आर्थिक वर्षको विशेष अनुदान ३५ लाख बजेटबाट महाकाली कोरिडोर सडकको सल्याडीमोडबाट वडा नम्बर ३ को धामीबोहरीगाउँ जोड्ने सडक निर्माण भइरहेको गाउँपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ३ का अध्यक्ष देव बहादुर बमले जानकारी दिए । ५ वडा रहेको

भन्सार छलीका सामान बरामद

कैलाली : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक सडकखन्डबाट प्रहरीले आइतबार राती भन्सार छलिका अवैध सामान बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमान्डमा खटिएको प्रहरी टोलिले १ लाख ४२ हजार बराबरका मोटरसाइकलका पाटपुर्जा, मोबाइलका पाटपुर्जा र उनी स्विटर धागो लगायतका सामान बराबद गरेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । बरामद गरिएका सामान कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु हो : शेखर कोइराला

भक्तपुर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन् । सोमवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए। ‘लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने हो, अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको। डेमोक्रेसीमा भरसक हामीले संसदबाटै नियम, कानून, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले संसदलाई छलेर जान खोज्यौँ भने काम लाग्दैन। दुई तिहाइ बहुमत

दार्चुलामा ९७ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

दार्चुला : दार्चुलामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सम्पन्न भएको छ । माघ २२ गते देखि सुरु भएको महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सोमबार सम्पन्न भएको हो । दार्चुलाका ९ वटै स्थानीय तहमा गरि लक्ष्यको ९७ प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा यस अघि नै खोप अभियान सम्पन्न भएको र सोमवार महाकाली नगरपालिकामा पनि अभियान

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे । बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहा–रारा गोल्डकपको सेमिफाइनलमा

दार्चुला : राज भुषालको निर्णायक गोलमा चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी आहा–रारा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमवार भएको तेस्रो क्वार्टरफाइनलमा साविक विजेता आर्मीलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको अन्तिम मिनेटमा नवीन लामाको कर्नरमा भुषालले हेडर गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराउनुभयो । आर्मी प्रतियोगिताबाट बाहिरिएसँगै प्रतियोगिताबाट बाहिरिने चौँथो टोली बनेको छ । यसअघि उपाधि विजेता

हमासले मुक्त गरेका बन्धकका परिवार मारिएको खुलासा

एजेन्सी । प्यालेस्टेनी विद्रोही समुह हमासले गत शनिवार मुक्त गरेका एक इजरायली बन्धकको परिवार अक्टोबर ७ को आक्रमणमा मारिएको खुलासा भएको छ । इजरायलमा रहेका बेलायती नागरिक एली शाराबी सन् २०२३ को अक्टोबरमा हमासको कब्जामा परेका थिए । उनलाई हमासले गत आइतबार गाजाको देइर अल–बलाहमा ल्याएर छोडेको थियो । यद्दपी उनकी श्रीमती र दुई छोरीहरूलाई हमासका लडाकुहरुले एकसाथ अँगालो हाल्न लगाएर गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।

मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको भारतमा गाडीको ठक्करबाट मृत्यु 

दार्चुला : मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतमा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भएका अवस्थीको भारतमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।  भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जाँदै गरेका अवस्थीको लखनउमा गाडीको ठक्करबाट मृत्यु भएको जनाइएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका अवस्थीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  उद्यम