नजरिया

दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु

दार्चुला : दार्चुलामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिश सिंह ऐरी रहेका छन् । आइतवार दिउँसो साढे ३ बजेको समयमा नौगाड गाउँपालिका–५ सौकेबगरस्थित गोकुलेश्वर–नौगाड भित्रि सडकखण्डमा ब्रज ग्रुप कन्ष्ट्रक्सनको बा ३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करले सडक छेउमा रहेका ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुृर रावतले जानकारी

‘घडी हातैमा’ बोलको गीत सार्वजनिक

दार्चुला : उपेन्द्र सिंह ठगुन्नाको लय स्वर, शब्द र सिर्जना रहेको ‘घडी हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा स्वयम् ठगुन्ना, केशव धामी र सन्तोष लुहारको स्वर छ । लोकदोहोरी गीतको भिडिओमा जोन बम र मोडेल आयुस्मा कार्कीको अभिनय रहेको छ । गीतको भिडिओ खिचडी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लक्ष्मण ठगुन्नाको प्रायोजन रहेको उक्त गीतमा दुई प्रेमीको माया प्रेमको गहिरो भाव सँगै भेट्ने इच्छालाई व्यक्त गरिएको

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच छलफल जारी

काठमाडौँ : आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । सिंहदरबार परिसरमा महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु गरेको हो । शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने सूचना अधिकारी ढकालले बताए ।

मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्‍याउन जरुरी छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गर्नुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पु¥याउन जरुरी रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताए । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताउनुभयो ।

गोकुलेश्वर बहुमुखीको स्ववियु अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा नेविसंघका उम्मेदवार भन्दा ३ मत बढी ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका डाँगाले १ सय ५ मत ल्याएर विजयी हुँदा नेविसंघका नरेश बिष्टले १ सय २ मत ल्याए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका नवराज भट्टले १ सय २५ मत ल्याएर बिजयी भए । स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको थियो

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका बडू निर्वाचित, उनको प्यानलै विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका प्रकाश बडू निर्वाचित भएका छन् । बडूले २२२ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका खडक सिंह ठगुन्नाले १९१ मत ल्याए । यस्तै अध्यक्षका स्वतन्त्र उम्मेद्वार अनिल चन्द्र जोशीले २० मत पाए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका लाल सिंह महर २१८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका दिपु सिंह महताले २१५ मत

दार्चुलामा आप्रवासी स्रोत केन्द्र स्थापना

दार्चुला : दार्चुलामा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा सहजीकरणका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो । शुक्रवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरे । सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । आप्रवासी स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा, पौडेल आउँदै

दार्चुला : दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा गरेको हो । २०८० चैत १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी जोशीको १२ महिना पछि गृह मन्त्रालय सरुवा भएको छ । जोशीको सरुवा सँगै उनको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जिम्मेवारीसहित पठाइएको छ । जोशी आगामी जेठमा सेवा निवृत समेत हुँदैछन्

गणतन्त्रवादी अन्य दलहरुलाई पूर्वमन्त्री ठगुन्नाले भने– ‘वितृष्णा हटाउन एमालेजस्तै काम गरिदिनुस्’

दार्चुला : नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले व्यवस्थामाथि प्रश्न उठ्ने काम एमालेको कारणले नभएको बताएका छन् । सोमवार दार्चुला सदरमुकाममा गणतन्तको रक्षा, विकास र अराजक गलत प्रवृतिको विरुद्धमा नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ठगुन्नाले एमाले बाहेकका पार्टीहरु देश र जनताप्रति जिम्मेवार नहुँदा व्यवस्थामाथि प्रश्न उठ्ने काम भइरहेको बताएका हुन् । लोकतन्त्र पछाडि एमाले बाहेक अरु पार्टीले दार्चुलामा केहि काम नगरेको ठगुन्नाको भनाई

अपिहिमालमा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनको लागि प्रधानाध्यापकलाई तालिम

दार्चुला : अपिहिमाल गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम सञ्चालन गरिएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका निम्ति तालिम सञ्चालन गरिएको हो । एकिकृत विद्यालय दिवाखाजा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाई कार्यक्रममा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका लागि अपिहिमाल गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरुका लागि तीन दिने तालिम सञ्चालन गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) दार्चुलाका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए । आइतवार एक