नजरिया

सिटिजन बैंकद्वारा महेन्द्र माविलाई पानी ट्याङ्की र डिस्पेन्सर सहयोग

दार्चुला : सिटिजन बैंक इन्टरनेसनल लिमिटेड महाकाली शाखा दार्चुलाले महेन्द्र मावि खलंगालाई पानी ट्याङ्की र डिस्पेन्सर सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत महेन्द्र माविलाई धारा जडानसहितको २ पानी ट्याङ्की र ३ वटा वाटर डिस्पेन्सर सहयोग गरिएको हो । बुधवार एक कार्यक्रमका बीच महेन्द्र मावि खलंगाका सहायक प्रधानाध्यापक दामोदर जोशीलाई १ हजार लिटरका २ वटा पानी ट्याङ्की, वाटर डिस्पेन्सर ३ वटा वितरण गरिएको सिटिजन बैंक इन्टरनेसनल लिमिटेड महाकाली

दार्चुला बहुमुखी क्याम्पसमा पहिलो पल्ट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको इकाई समिति गठन

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीको इकाई समिति गठन गरिएको छ । शुक्रवार क्याम्पसमा इकाइ समिति गठन गरिएको हो । दार्चुला बहुमुखी क्याम्पसको इकाइ समितिको अध्यक्षमा बसन्त कुमार लोहार, उपाध्यक्षमा हिक्मत सिंह धामी, बिमला रावत, सचिवमा जगदीश महरा, सह–सचिव मेनुका धामी कोषाध्यक्षमा साजन बोहरा चयन भएका छन् । यस्तै सदस्यहरुमा चन्द्र सिंह धामी, हरिश जोशी, प्रतिभा कुँवर, मिलन सिंह बोहरा, पुस्कर

प्रहरी र थुनुवाहरुको स्वास्थ्य परीक्षण

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी तथा हिरासत कक्षका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । शनिवार जिल्ला अस्पताल दार्चुलाका चिकित्सकहरुको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो । ९८ जना प्रहरी र ५ जना थुनुवा गरी १ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । चिकित्सकद्वारा प्रहरी कर्मचारी तथा थुनुवाहरुको रक्तचाप, मधुमेह, कान चेकजाँच लगायत स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए

श्री महादेव आविको १७ औँ वार्षिक उत्सव

दार्चुला : जिल्लाको नौगाड गाउँपालिका–१ मा रहेको श्री महादेव आवि (०–५) को १७ औँ वार्षिक उत्सव सुरु भएको छ । शिक्षक-अभिभावक संघका अध्यक्ष गम्भीर सिंह डडालको अध्यक्षता, नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको प्रमुख आतिथ्यता र वडा नम्बर १ का अध्यक्ष हरिलाल सिंह महताको विशिष्ट आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो । २०६५ सालमा स्थापना भएको श्री महादेव आविको १७ औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक मोहन सिंह डडालले वार्षिक प्रतिवेदन तथा

स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

दार्चुला : स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हंसराज भट्टको अध्यक्षता एवं जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बीच स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अपिनाम्पा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह

ब्याँस र दुहुँमा हुलाक कार्यालय स्थापना

दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । बुधवार जिल्लाको ब्याँस गाउँपालिकामा स्थापना गरिएको हुलाक कार्यालय बिहिवार दुहु गाउँपालिकामा पनि स्थापना गरिएको हो । बुधवार ब्याँस गाउँपालिका-४ सुन्सेरामा हुलाक कार्यालयका खरिदार कल्याण सिंह कुवरको अध्यक्षतामा ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीको प्रमुख आतिथ्यता, गाउँपालिकामा उपाध्यक्ष बिनोद सिंह कुवरको विशिष्ट आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुवर, गाउँपालिकाका प्रवता एवं

चोर समात्न प्रहरीको सक्रियता, लुहार पक्राउ

दार्चुला : मंगलवार राती जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिका–४ क्याम्पस रोडमा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड दार्चुला शाखामा चोरी भयो । बुधवार बिहान करिब ७ बजेको समयमा बैंकका गार्डले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरियो । प्रहरी माँझ खबर आएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहान १० बजेको समयमा चोर पत्ता लगाइ नियन्त्रणमा लिएको छ। प्रहरीमा खबर आउन साथ प्रहरी नायव उपरीक्षक

दार्चुलाको दुहुँ-५ नेपाली काँग्रेसका उम्मेदवार धन सिंह कुँवर विजयी

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धन सिंह कुँवर विजयी भएका छन्  ।वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी  भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार मान सिंह बडालले ३ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीर सिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लाल सिंह कुवरले २५ मत

नेपाल प्रजातन्त्र सेनानी संघ दार्चुलाको अध्यक्षमा गणेश सिंह धामी ‘बिबिसी’

दार्चुला : प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति दार्चुलाको अध्यक्षमा गणेश सिंह धामी ‘बिबिसी’ चयन भएका छन् । शनिवार प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य सुरेन्द्र बहादुर चन्दको उपस्थितिमा एक कार्यक्रमका बीच धामीको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बिरा दत्त भट्ट र सचिवमा विक्रम सिंह रैखोला चयन भएका छन् । यस्तै सदस्यमा लाल बहादुर बम, गोपाल सिंह सामन्त, दान सिंह भाट, सुरेन्द्र प्रसाद अवस्थी, नरेन्द्र ठेकरे,

घरको छतबाट लडेर भुतपूर्व सैनिक महताको मृत्यु

दार्चुला : दार्चुलामा घरको छतबाट लडेर एक भुतपूर्व सैनिकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगड बस्ने भुतपूर्व सैनिक अन्दाजी ४० वर्षीय राजेन्द्र महताको मृत्यु भएको हो । आज बिहान करिब साढे सात बजेतिर आफ्नै घरको घतबाट लडेको अवस्थामा महता मृत फेला परेका हुन् । हिजो राती नै उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।