नजरिया

हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ: महामन्त्री थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा आपतकालीन र दीर्घकालीन नीतिको आवश्यकता रहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै उनले घटना घटेपछि मात्र संवेदनशील हुने शासकीय मनोवृत्ति विडम्बनापूर्ण रहेको भन्दै दीर्घकालीन नीति बनाएर सोही अनुरुप पूर्वतयारी र द्रुत गतिमा काम गर्न आवश्यक भएको बताए। यस्तै थप दुर्घटनाको प्रतिक्षा गरिरहने नियति देखिए पनि आफू यो अवस्था बदल्ने प्रयासमा रहेको बताए। उनले भने, ‘घटना घटेपछि मात्र संवेदनशील हुने

व्याँस गाउँपालिकाले गर्यो २८ विद्यार्थीलाई छात्रवृत्ति वितरण

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले २८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । व्याँस गाउँपालिका स्थायी ठेगाना भई सामुदायिक विद्यालयहरुबाट कक्षा १० वा १२ उत्तीर्ण गरी विभिन्न प्राविधिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई अध्यक्ष अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको हो । गाउँपालिकाको छात्रवृत्ति तथा प्रोत्साहन अनुदान कार्यविधि २०८० बमोजिम प्राविधिक शिक्षा हासिल गरिरहेका २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको व्याँस गाउँपालिकाले जनाएको छ । न्युनतम १५ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म छात्रवृत्ति वितरण

चितवन पहिरो अपडेट: बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरी

बुद्ध एयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो। काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए। प्रवक्ता भट्टले भने, “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ।” जहाजमा चालक दलका

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

कास्की । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो। पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो। यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको

त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी(तस्बिरसहित)

काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए। त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ। बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार

‘उथलपुथल’ मै बित्यो प्रचण्ड सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै भाषा सापटी लिएर भन्ने हो भने २०७९/८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ। ०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ। राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्रदेशसम्म नै परिरहेको छ। एकातिर असार–साउनको महिना बाढीपहिरोले देश डुबानमा परिरहेको छ भने अर्कोतिर सरकारले राजनीतिमा निकै ‘उथलपुथल’ गर्दा सरकारले नै देश डुबाउँछ कि

धुव्रको 'खर्कालो' बजारमा

दार्चुला । बैतडीका गायक धुव्र राना क्षेत्रीको नयाँ गीत खर्कालो सार्वजनिक भएको छ। गायक रानाकै शब्द संगीत रहेको गीतमा निशा रावललेपनि गायनीमा रानालाई साथ दिएकी छिन्। नरेन्द्रप्रसाद जोशीले निर्देशन गरेको गीतको भिडियोमा गायक राना र सरस्वती वनको अभिनय रहेको छ।

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन्। पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन्। उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोपसमेत लगाए।

सुदूरपश्चिम सरकारले यस आर्थिक वर्ष १० अर्ब रुपैयाँ खर्च गर्न सकेन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१मा १० अर्बभन्दा बढी रकम खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न नसकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्षको विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब