एसइई नतिजा विश्लेषण, यस्तो छ दार्चुलाको समग्र नतिजा
दार्चुला : दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसइई २०८० नतिजाको विश्लेषण गरिएको छ । प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाको आयोजनामा शनिवार जिल्लाका माध्यमिक विद्यालयका प्रअ, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि, जिल्ला समन्वय समिति, प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा एसइई नतिजाको विश्लेषण गरिएको हो । दार्चुलामा यस वर्षको एसइई परीक्षामा १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।जिल्लामा १३ जना विद्यार्थीले ए