टी-२० विश्वकपमा आज तीन खेल: भारत र पाकिस्तानपनि भिड्दै
काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो। वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो। जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ। त्यस्तै, युगाण्डाले भने यस अघि खेलेका २