नजरिया

ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन र विक्रीवितरण बन्द गर्ने

दार्चुला : ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन तथा विक्रीवितरण बन्द गर्ने भएको छ । साउन ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा घरेलु मदिराको उत्पादन, ओसारपसार र विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुँवरले जानकारी दिए । उक्त बैठकले मदिरा सेवन गरी होहल्ला र हुलहुज्जत गर्नेलाई जरिवाना गर्ने पनि निर्णय गरेको छ । घरेलु मदिराको उत्पादन गरेमा ५ हजार जरिवाना तोकिएको छ भने ओसारपसार गरेमा

दार्चुला भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ७५ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ९५ लाख ७३ हजार ७०९ रुपैयाँ राजस्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए । कार्यालयले लक्ष्य भन्दा १९ लाख ९९ हजार ७०९ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । सबैभन्दा बढी बैशाख महिना र

दार्चुला अस्पतालमा नियमित शल्यक्रिया, एक वर्षमा ६१ गर्भवतीको शल्यक्रिया

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा हाल नियमित रुपमा शल्यक्रिया भइरहेको छ । विगतका वर्षमा गर्भवती महिलाहरुको शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदा रेफर हुने गरेकोमा अहिले अस्पतालमै नियमित शल्यक्रिया भइरहेको छ । अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ६१ जना गर्भवती महिलाको शल्यक्रिया गरिएको छ । यस्तै जटिलतर्फ ३८ जना र नर्मल डेलीभरी ३२७ गरी एक वर्षको अवधिमा जम्मा ४२६ जना गर्भवती महिलाहरुले अस्पतालबाट सुरक्षित र

जीविकोपार्जनका लागि ३० जनालाई विभिन्न सहयोग

दार्चुला : गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपालले मालिकार्जुन गाउँपालिकाका ३० जनालाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८ का १० जनालाई २/२ ओटा मौरी सहितको घार, ३ जनालाई सिलाई मेसिन, एक जनालाई इन्टरलक मेसिन, ३ जनालाई २०२ ओटा बाखा, ८ जनालाई बाख्राको खोर सुधारका लागि जस्तापाता, सिमेन्ट, १ जनालाई फलफूल पसल सुधारका लागि जस्तापाता, सिमेन्ट सामग्री र ३ जनालाई खोर सुधारका लागि सिमेन्ट

गाउँघरमै राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रदान

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १२ गतेदेखि साउन १७ गतेसम्म सेवा सञ्चालन गरि नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएको हो । जेष्ठ नागरिक, अशक्त, असहाय र एकल महिला/पुरुषको सहजताका लागि स्थानीय तहको समन्वय र सहयोगमा गाउँघरमै गएर सेवा दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख

मालिकार्जुनमा योग शिविर र जात्रा मेलामा १० लाख खर्च

दार्चुला : मालिकार्जुन गाउँपालिकाले योग शिविर र जात्रा मेलामा १० लाख बढी खर्च गरेको छ । पालिकाले विभिन्न जात्रा मेला तथा शिविर सञ्चालन गरी १० लाख ७ हजार १५३ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार मालिकार्जुन आध्यात्मिक सम्मेलन र योग आवासीय योग प्रशिक्षण शिविरमा ५ लाख ४५ हजार २८८ रुपैयाँ खर्च भएको छ । यस्तै जात्रा मेला व्यवस्थापनमा ४ लाख ६१

बैतडीमा विद्युतको पोल छुदा करेन्ट लागेर बालकको मृत्यु

बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । शनिवार दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गरिरहेका कोलीको विद्युतको पोलमा छुदाँ गम्भीर घाइते भएका थिए । घाइते कोलीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पु¥याउँदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी

डडेल्धुरामा नागरिक लोक वैज्ञानिक तालिम सम्पन्न

दार्चुला : महाकाली नदी बेसिनका महिला आर्थिक सशक्तीकरण केन्द्र अन्तर्गतका नागरिक लोक वैज्ञानिकहरुलाई तालिम दिइएको छ । दार्चुला, डडेल्धुरा र कन्चनपुर जिल्लाका महाकाली नदी बेसिन क्षेत्रमा रहेका नागरिक लोक बैज्ञानिकहरुका लागि २ दिने पुर्नताजगी तालिम दिइएको हो । महाकाली नदी बेसिन क्षेत्र अन्तर्गतका विभिन्न क्षेत्रमा रहेका पानीका मुहानहरु, नदीनाला र सामुदायिक स्तरमा रहेका विभिन्न पानीका स्रोतहरुको विभिन्न १० वटा पारामिटरमा परिक्षण गरी शुद्धता र जनस्वास्थ्य क्षेत्रमा पिउन योग्य र अयोग्य

दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । कोषसँग सोमवार औपचारिक सम्झौता गरेपछि अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको हो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका पनि अपिहिमाल बनेको छ । गाउँपालिकामा कार्यरत १ सय ५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट पालिकाका कर्मचारीहरुको निवृतिभरण, बीमा र उपचार खर्च जस्ता महत्वपूर्ण

दुहुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

दार्चुला : संघीय सरकारको सरुवा अनुसार दिनेश जोशी दुहु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका छन्। जोशीले सोमवारबाट दुहु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । सोमवार एक कार्यक्रमका बीच जोशीको स्वागत गरिएको छ । दुहु गाउँपालिका उपाध्यक्ष शान्ति बम, अन्य जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गाउँपालिकामा स्वागत गरेका हुन् । यसैबीच गाउँपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गरेका वीर सिंह धामीलाई धन्यवाद ज्ञापन