नजरिया

घरदेशी भाईको चिट्ठी परदेशी दाईलाई

✍️मंगल सिह धामी दाइ मलाई स्वदेशमै स्वाभिमान जोगाउन कति गार्‍हो छ । तपाईलाई परदेशमा अभिमान जोगाउन कत्ति गाह्रो होला । खैर मलाई पुरानो याद आयो स्कुल पढ्दाको तपाईले मलाई भनेर कक्षा चार को महेन्द्र माला भन्दा पुरानो ज्ञान मालाको किताब ल्याउनु भएको थियो नि त्यसमा विदुर नीति कण्ठस्थ गरेको थिए । स्कुल जानू अघिल्लो दिन नै आहा कति सुन्दर वान्की अनार झै कविताका हरफ । ज्ञानि विदुरको नीति बचन प्रष्फुटित

दार्चुलामा एमालेको जागरण सभा

दार्चुला : नेपाल कम्युनिष्ट पार्टी एमालेले आज दार्चुलामा र्यालीसहित जागरण सभा आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा जागरण सभा आयोजना गरिएको हो । प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत दार्चुलामा जागरण सभा आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट ¥याली निकालेको थियो । ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं दार्चुला इन्चार्ज

नौगाड गाउँपालिकाले कृषकहरुबाट घ्यु, मह र दाल किन्ने

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले किसानहरुबाट घिउ, मह र दाल किन्ने भएको छ । गाउँपालिकाले सुत्केरी भएका महिलाहरुका लागि स्थानीय उत्पादनमा आधारित खाद्यान्न घ्यु, मह र दाल किन्न लागेको हो । गाउँपालिकामा सञ्चालित बहुक्षेत्रिय पोषण कार्यक्रम र उपाध्यक्ष कोसेली कार्यक्रमको साझेदारीमा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई घिउ, मह र दाल वितरण गर्ने कार्यक्रम रहेकाले त्यसको लागि स्थानीय उत्पादन गाउँपालिकाले किन्न लागेको उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिए । बुधवार गाउँपालिकाका

पूर्ण खोप अभियानका लागि खोपकर्ताहरुलाई अभिमुखीकरण

दार्चुला : दार्चुलामा पूर्ण खोप अभियानका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ । मंगलवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त प्रमुख लाल बहादुर बोहराको अध्यक्षतामा रहेको गोष्ठी कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला

जेनजी आन्दोलनमा काँग्रेस, एमाले र माओवादी पार्टी कार्यालयमा ३९ लाख ३९ हजारको क्षति

दार्चुला : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा दार्चुलामा तीन दलका पार्टी कार्यालयमा ३९ लाख ३९ हजार आठ सय रुपैयाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी क्षति नेकपा एमालेको पार्टी कार्यालयमा भएको विवरण छ भने सबैभन्दा कम माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको उल्लेख छ । नेकपा एमाले पार्टी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति विवरण पेश गरिएको छ । यस्तै नेपाली काँग्रेसको पार्टी कार्यालयमा १८

वल्डलिङ्क विद्यार्थीमुखी कार्यक्रम दार्चुलामा सम्पन्न

दार्चुला : वरल्डलिन्क सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दार्चुलाको मालिकार्जुन मावि धापमा विधार्थीमुखी कार्यक्रम सम्पन्न गरिएको छ । वरल्डलिंक कम्युनिकेशन (WORLDLINK) को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (EWBN) र STEM Karyashala Pvt. Ltd. को आयोजनामा महाकाली नगरपालिका-७ धापस्थित मालिकार्जुन माविमा इन्नोभेसन ‘आई–जात्रा’ सम्पन्न गरिएको हो । यस कार्यक्रममा विधार्थीहरूले सिर्जनात्मक परियोजना र सिकाइहरू प्रस्तुत गरेका थिए। वर्ल्डलिङ्क CSR ले Engineers Without Borders (EWBN) सँग सहकार्य गरी बिगत २ वर्षदेखि नेपालको विभिन्न

भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध र सडकको निर्माण कार्य रोक्न माग

दार्चुला : महाकाली नदीको बहावलाई असर पार्ने गरि भारतले निर्माण गरिरहेको तटबन्ध र सडक निर्माणको कार्य रोक्न माग गरिएको छ । मङ्गलवार दार्चुलाका क्रियाशिल राजनीतिक दल तथा नागरिक समाजकोतर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनबुझाइएको हो । ज्ञापन पत्रमा भनिएको छ- `महाकाली नदीको आसपासको नेपाल-भारत सीमाक्षेत्रमा भारतीय पक्षले महाकाली नदीको प्राकृतिक बहावलाई नेपालतिर फर्कने गरी ब्याँस गाउँपालिकाको घाटी बगर, तम्बाकु क्षेत्रमा सडक निर्माण गर्दा चट्टान विष्फोटन गरी महाकाली नदीमा फाल्दा

मालिकार्जुन जात्रा : मदिरा निषेध, ट्राफिक नियम अनिवार्य, सुरक्षा व्यवस्था चुस्त

दार्चुला : जिल्लाकै ठूलो जात्राका रुपमा लिइने मालिकार्जुन गाउँपालिका-३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको जात्रालाई सभ्य र भब्य मनाइने भएको छ । मङ्गलवार लाग्ने रात्रिकालिन जात्रालाई मध्यनजर गर्दै मदिरा तथा मदिराजन्य पदार्थमा पूर्ण रोक लगाइने, दुर्घटना हुन नदिन ट्राफिक नियममा कडाइ गर्ने र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।जात्रालाई सभ्य र भव्य बनाउन हर सम्भव प्रयासको पहल थालिएको प्रजिअ पौडेलले बताए । जात्रालाई

‘जीवन र मृत्युबीच लडिरहेका रोशनलाई अब हामी सबैको साथ चाहियो’

दार्चुला : जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका १६ वर्षीय रोशन बडाल अहिले ब्लड क्यान्सरसँग ज्यानको युद्ध लडिरहेका छन् । कक्षा ९ मा अध्ययनरत रोशन अहिले काठमाडौंस्थित सिभिल अस्पतालको शैय्यामा दिनरात बेदनासँग जुधिरहेका छन् । जसले कहिल्यै हार मानेका थिएनन्, विद्यालयमा राम्रो पढ्थे, सपना थियो परिवारलाई उज्यालो भविष्य दिने तर नियतिले अर्कै बाटो देखायो। ब्लड क्यान्सरको संक्रमणसँगै उनको परिवारमा बज्रपात भयो । अझ दर्दनाक त के भने, उपचारकै बीचमा उनका बुबाको अकस्मात्

प्रेम राज बने आयुर्वेद डाक्टर

दार्चुला : दुहुँ गाउँपालिका–४ जोशीगाउँका प्रेम राज जोशी आयुर्वेद डाक्टर बनेका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले लिएको लाइसेन्सिङ् परीक्षामा उतीर्ण हुँदै २५ वर्षीय जोशी आयुर्वेद डाक्टर बन्न सफल भएका हुन् । डाक्टर बन्नेमा त्यहाँका जोशीपरिवारका प्रेम राज पहिलो व्यक्ति हुन् । कक्षा तीनसम्म गाउँकै धारिपाटा मावि धारीमा अध्ययन गरेका जोशीले कक्षा ४ र ५ जिल्ला सदरमुकामस्थित बसन्त भ्याली पब्लीक स्कुल र कक्षा ६ देखि १० सम्म एसियन एकेडेमी स्कुलबाट