अनेरास्ववियुद्वारा वादविवाद प्रतियोगिता आयोजना
दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले मावि स्तरीय वादविवाद प्रतियोगिता आयोजना गरेको छ । संविधान दिवसको अवसरमा महाकाली नगरपालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयहरुलाई सहभागिता गराएर प्रतियोगिता आयोजना गरिएको हो । शुक्रवार मालिकार्जुन नमूना मावि धापमा ‘सामाजिक सञ्जालको प्रयोग समाजका लागि बरदान कि अभिशाप’ भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा मालिकार्जुन नमुना मावि धापका छात्र विराजमान बडू प्रथम भएका छन् । यस्तै प्रतियोगितामा मालिकार्जुन मावि धापकै छात्रा