मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम
दार्चुला : महाकाली नगरपालिका–७ स्थितको मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सोमवार विद्यार्थीहरुका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लास्थित सुरक्षा प्रमुख, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा आत्म चेतना अभिवृद्धि, लागूऔषध नियन्त्रण, घरेलु हिंसा न्युनिकरण तथा नियन्त्रण र साईबर अपराध सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।










