समाचार

दार्चुलामा जीप दुर्घटना, तीन जना घाइते

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–५ ओखडानीमा बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५९४ नम्बरको जीप दुर्घटना भएको हो । शैल्यशिखर नगरपालिका-५ बगौरादेखि सेत्कला जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिश सिंह धामी, सोही वडाका २१ वर्षीय मोहन सिंह धामी र ३९ वर्षीय दान सिंह ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं

दार्चुलाका डिएसपी सिंहको सरुवा, दाहाल आउने

दार्चुला : दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार दार्चुलाका डिएसपी सिंहसहित १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी नायव उपरीक्षक सिंहले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए । उनको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको हो । उनको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा,

अनेरास्ववियुद्वारा अनाथ छात्रावासका बालबालिकाका लागि आर्थिक सहयोग

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले महेन्द्र नमुना माविको अनाथालय छात्रावासमा बस्ने बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । छात्रावासमा बस्ने बालबालिकाहरुको व्यवस्थापनको लागि चार हजार सहयोग गरिएको अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्नासहितको टोलीले आइतवार महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीलाई उक्त रकम हस्तान्तरण गरेको

सन नेपाल लाईफको वार्षिकोत्सवमा अनाथ छात्रावासलाई खाद्यान्न सहयोग

दार्चुला : सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवको अवसरमा दार्चुलामा खाद्यान्न सहयोग गरिएको छ । `समुदाय सँगसँगै कदम उठाउँदै´ भन्ने मूल नाराका साथ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा दार्चुलाले वार्षिकोत्सवका अवसरमा आइतवार महेन्द्र नमुना माविको छात्रावासलाई खाद्यान्न सहयोग गरेको हो । छात्रावासका लागि ५२ किलोग्राम चामल, ५ लिटर तेल, दालमा चना, मल्का र मास ३/३ किलोग्राम र मसला पनि वितरण गरिएको सन नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा

रेडियो लिपुलेक चौथो वर्षमा प्रवेश

दार्चुला : दार्चुलाको सामुदायिक रेडियो लिपुलेक चौथो वर्षमा प्रवेश गरेको छ । ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूलनाराका साथ जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट संचालनमा आएको सामुदायिक रेडियो लिपुलेक एफएम ९९.६ मेगाहर्ज आजबाट चौथो वर्षमा प्रवेश गरेको हो । अद्धितिय राष्ट्रिय विकास संगठनद्वारा सन्चालित ग्रामीण क्षेत्रबाट १०० वाट क्षमताका साथ २०७८ साल असोज १ गतेदेखि नियमित प्रशारण सुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सूचना, विज्ञापन, गीत संगित लगायत विविध

दार्चुलामा जुवा खेलिरहेका ८ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवाखालबाट ८ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका-४ विद्यानगर टोलबाट आइतवार साझँ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका-१ का जनक ठेकरे, दुँहु गाउँपालिका-२ का दिपेन्द्र कार्की, पदम कार्की, नौगाड गाउँपालिका-१ का सागर सिंह ठगुन्ना, शेर सिंह महता, मालिकार्जुन गाउँपालिका-३ का निरज धामी, मार्मा गाउँपालिका-६ का बिक्रम सिंह धामी र महाकाली नगरपालिका-४ का गोविन्द धानुक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी

दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदपूर्ति, ६ पालिका निमित्तकै भरमा

दार्चुला : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मार्मा गाउँपालिकामा मन्त्रालयले बुधवार शाखा अधिकृत धर्मेन्द्र जोशीलाई खटाएको हो । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय पालिकामा शाखा अधिकृतहरुलाई पदस्थापन गरेको छ । यस अघि मार्मा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी २०८० फागुनमा पालिकामा भएको आक्रमण र आगजनी घटनामा अनुसन्धान हुँदा कारवाहीमा परेका

महाकाली नगरपालिकाले प्रयोगमा ल्याएको कर्मचारी आवास भवन खाली गर्न आग्रह

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले प्रयोगमा ल्याएको निजामती कर्मचारी आवास भवन खाली गर्न आग्रह गरिएको छ । विगत ६ वर्षदेखि महाकाली नगरपालिकाले प्रयोग गर्दै आइरहेको कर्मचारी आवासको ब्लक (ए) भवनलाई निजामती कर्मचारीहरुलाई नै प्रयोग गर्न दिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई निर्णयसहितको पत्र बुझाइएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन दार्चुलाको बैठक बसी आज प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई निर्णयसहितको पत्र बुझाइएको हो । आधिकारिक ट्रेड युनियन दार्चुलाका अध्यक्ष रघुबिर

दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको से १ ज १०२२ नम्बरको जीप बिहीवार दिउँसो साढे १२ बजेतिर मालिकार्जुन गाउँपालिका–८ धामीगडामा दुर्घटना भएको हो । जीप अनियन्त्रित भएर सडक छेउको नालीमा खस्दा जीपमा सवार १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा मालिकार्जुन गाउँपालिका–८ थकतोली बस्ने अन्दाजी वर्ष

धापमा अंग्रेजी शिक्षक अभाव : पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलित

दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११–१२ मा अंग्रेजी शिक्षक अभाव भएको ५ महिना भयो । कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक पुस्कर सिंह रैखोला गत चैतमा आधारभूत तह (०–५) मा स्थायी नियुक्ती लागि सिफारिस भएपछि विद्यालयमा शिक्षक अभाव भएको हो । शिक्षक अभाव भएपछि २०८१ जेठ ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षतामा