समाचार

दार्चुलामा पनि सुनचाँदी व्यवसायी आन्दोलित, सबै पसल बन्द

दार्चुला : सरकारले सुनचाँदीमा लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बिहिवार दार्चुलामा पनि सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरु आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै केन्द्रीय सर्कुलर अनुसार दार्चुला सुनचाँदी व्यवसायी विरोधमा उत्रेकोसुनचाँदी व्यवसायी संघ तदर्थ समिति दार्चुलाका अध्यक्ष सन्तोष दयालीले जानकारी दिए । सुनको भन्सार

नेपाली सेनाका एक जना विस्फोटक पदार्थसहित पक्राउ

दार्चुला : विस्फोटक पदार्थसहित भारतको धारचुलास्थित पुलघाटबाट नेपाली सेनाका एक जना पक्राउ परेका छन् । दार्चुलास्थित नेपाली सेनाको विकास निर्माण दल–२ गणमा कार्यरत यम बहादुर खत्री विस्फोटक पदार्थसहित पक्राउ परेका हुन् । उनले विस्फोटक पदार्थ नेपाल भित्र्याइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरेको हो । आइतवार दिउँसो भारतको धारचुलाबाट नेपालतर्फ आउँदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा एक किलोग्राम विस्फोटक पदार्थ फेला पर्दा नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको

घरमा वृद्ध बुवा मुर्रयाल बिते, छोराहरु छन् यार्सा खोज्न लेकतिर

दार्चुला : व्याँस गाउँपालिका–२ मालगाउँका ८० वर्षीय गगन सिंह बोहरा (मुर्रयाल) को मृत्यु भएको छ । एक्ली वृद्ध श्रीमतीसहित रहेका बोहराको सोमवार बिहान मृत्यु भएको हो । मृतक बोहराका छोराहरु यार्सागुम्बा संकलनका लागि दुधिवन क्षेत्रमा गएकाले शवको अन्त्येष्टिका लागि गाउँलेहरुले उनीहरुलाई कुरिरहेका छन् । दुधिवन क्षेत्रमा फोन नेटवर्क नभएकाले घरमा मृत्युको खबर उनीहरु सम्म पुगेको छैन् । गगनको सोमवार बिहानै मृत्यु भएको तथा यसबारेमा छोराहरुसँग सम्पर्क हुन नसक्दा समस्या भइरहेको

नेपाल प्रेस युनियन स्थापना दिवस : दार्चुुलामा स्वास्थ्य परीक्षण

दार्चुला : नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दार्चुला शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दार्चुलाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । युनियनको साताव्यापी कार्यक्रमअन्तर्गत जेठ १३ गते दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दार्चुला शाखाका अध्यक्ष कमल राज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मधुमेहको परीक्षण, उच्च रक्तचाप, शरीरको उचाइ

सहसचिव भट्टराईसहित ५ जना एक साताको तारिखमा छुटे

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाएकाबाट रकम असुलीको आरोप लागेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक साताको तारिखमा छाडेको छ । बुधबार पक्राउ गरेर हाजिरीजमानीमा राखिएका भट्टराईसहित भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कालाई अर्को साता उपस्थित हुने गरी अख्तियारले तारिखमा राखेको हो । उनीहरुलाई बिहीबार अनुसन्धानका लागि अख्तियारले डाकेको थियो

अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने

दार्चुला : सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिहिमालको बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने भएको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने चार हजार मिटर उचाइको अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिन लागिएको हो । पर्यटन प्रवर्द्धनका माध्यमबाट यो क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले योग शिविर आयोजना गर्न लागिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।शिविर जेठ १६ गते अपिहिमाल बेसक्याम्पमा आयोजना गरिने उहाँले

नेपाली महिला क्रिकेट टोली पहिलोपल्ट ट्वान्टी–२० विश्वकप छनौटमा

काठमाडौँ : नेपाली महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० क्रिकेटको विश्वकप छनौटमा पुगेको छ । कप्तान इन्दु बर्माले पुनः एक पटक नेतृत्वदायी इनिङ्स खेलेपछि नेपालले थाइल्यान्डको राजधानी बैंककमा भइरहेको महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनौटको ‘सुपर थ्री’ मा सोमवार यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनौटमा पुगेको हो  थाइल्यान्डले अघिल्लो दिन यूएईलाई ५४ रनले पराजित गरिसकेको अवस्थामा नेपालले सोमवार यूएईविरुद्धको खेलमा विजय हात पारेमा एक खेलअगावै ट्वान्टी–२० विश्वकप छनौटमा पुग्ने

महिला कृषकहरुलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम

दार्चुला : दार्चुलाका कृषक महिलाहरूलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा र सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली नगरपालिका-८ काँकडाको संयुक्त आयोजनामा प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम संचालन गरिएको हो ।सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रका महिला कृषकहरु आर्थिक उपार्जन, कृषि खेती र जीविकोपार्जनका क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । शनिवार राष्ट्रिय महिला किसान महासंघ केन्द्रीय

जिल्ला प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाको समन्वयमा प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको हो । जिल्ला हुलाक कार्यालयबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले प्रशासनमै

दार्चुलामा सबैभन्दा कम बेरुजु अपिहिमालमा, ब्याँसमा धेरै

दार्चुला :  महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरुमध्ये बढी बेरुजुमा ब्याँस गाउँपालिका परेको छ । ब्याँस गाउँपालिकाले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ। त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका  रहेको छ। शैल्यशिखर नगरपालिकामा ३.५७ प्रतिशत बेरुजु देखिएको छ। यस्तै महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । त्यहाँ ०.३८ प्रतिशत