अन्य

भोलि दार्चुला अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म

दार्चुला : भोलि जिल्ला अस्पताल दार्चुलाले ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्न१२ बजेसम्म सञ्चालन गर्ने भएको छ । आइतवार अस्पतालले आफ्‌नो ४१ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको दिन अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । तर, इमेरजेन्सी सेवा भने २४ सै घण्टा सञ्चालनमा रहने अस्पतालले जनाएको छ।

विश्व वातावरण दिवसमा ग्लोबल आईएमई बैंक दार्चुलाको वृक्षरोपण कार्यक्रम

दार्चुला : विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेड, दार्चुला शाखाले वृक्षरोपण गरेको छ । महाकाली नगरपालिका–०४ बांगाबगडस्थित सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा महाकाली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर चुनारा, सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगडका प्रहरी, स्थानीय व्यापारी र ग्लोबल आईएमई बैंक दार्चुला शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यहाँ विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली हुने

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र

गणतन्त्रविरुद्ध राप्रपा दार्चुलाको विरोध प्रदर्शन

दार्चुला : दार्चुलामा गणतन्त्रविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विरोध प्रदर्शन गरेको छ । गणतन्त्र विरुद्ध चर्को नाराबाजी गर्दै राप्रपाले शुक्रवार जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो । `राजा आउ, देश बचाउ, गाउँ गाउँमा हल्ला छ, राजा ल्याउने सल्लाह छ´ भन्ने जस्ता गणतन्त्र विरोधी चर्कानारा लगाउदै खलंगा खुलामन्चबाट निकालिएको र्याली राष्ट्रिय झण्डासहित बजार परिक्रमा गरी पुनः खुलामन्चमै पुगी कोणसभामा परिणत भएको थियो । संवैधानिक राजसंस्था, जनताबाट निर्वाचित कार्यकारी प्रमुख तथा बैदिक

३१औं प्रहरी प्रमुखमा दिपक थापा

काठमाडौँ : नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । आज राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी बसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

नगरपालिका स्तरीय प्रारम्भिक बालविकास समिति गठन

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । मंगलवार महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण र अनौपचारिक शिक्षा तथा आजीवन सिकाईका निम्ति सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको हो । ‘गर्दै गरौ लगानी बाटो, कुलो, पुल, भवन, मन्दिरमा, थप गरौ लगानी प्रारम्भिक बालविकासमा´

दार्चुलामा होटल सञ्चालक डडाल चरेससहित पक्राउ

दार्चुला : दार्चुलामा चरेससहित एक होटल सञ्चालक पक्राउ परेका छन् । आइतवार दिउँसो जिल्लाको महाकाली नगरपालिका–४ स्थित बाणिज्य बैंक अगाडी पसल संचालन गरेका दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलम सिंह डडाल पक्राउ परेका हुन् । डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र उनको विद्यानगर टोलस्थित घरबाट १०.४६ ग्राम गरि कुल ६३.८६ ग्राम लागूऔषध चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै

बन्धक बनाइएका विपिन जोशीको रिहाइको माग गर्दै हस्ताक्षर संकलन

दार्चुला : प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले बन्धक बनाइ राखेका विपिन जोशीको रिहाइको माग गर्दै दार्चुलामा हस्ताक्षर संकलन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले बृहत हस्ताक्षर संकलन गरेको हो । जोशीको सकुशल रिहाइका लागि कुटनीतिक पहल गर्न सरकारलाई दबाव दिने उद्देश्यले क्याम्पस/विद्यालयका विद्यार्थी लगायत आम नागरिकको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । शुक्रवार दार्चुलामा दार्चुला बहुमुखी क्याम्पस जाने गेट

व्याँस गाउँपालिकाले गर्यो २८ विद्यार्थीलाई छात्रवृत्ति वितरण

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले २८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । व्याँस गाउँपालिका स्थायी ठेगाना भई सामुदायिक विद्यालयहरुबाट कक्षा १० वा १२ उत्तीर्ण गरी विभिन्न प्राविधिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई अध्यक्ष अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको हो । गाउँपालिकाको छात्रवृत्ति तथा प्रोत्साहन अनुदान कार्यविधि २०८० बमोजिम प्राविधिक शिक्षा हासिल गरिरहेका २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको व्याँस गाउँपालिकाले जनाएको छ । न्युनतम १५ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म छात्रवृत्ति वितरण

दमकी बिरामी खडायतको उपचारका क्रममा मृत्युभएपछि..

दार्चुला : दार्चुलामा दमकी बिरामी रहेकी एक महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-१ बलाँचकी अन्दाजी ४० वर्षीया मिना खडायतको बुधवार उपचार गर्दागर्दै मृत्यु भएको हो । बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शैल्यशिखर पोलिक्लिनिकमा उपचार गराउन गएकी उनको त्यहाँ सुई लगाउँदा मुटुको धडकन बढेको र अन्त जान भनेपछि आफन्तले गोकुलेश्वर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले उनको शव गोकुलेश्वर अस्पतालमै रहेको जनाइएको छ ।