राजनीति

जनताको सेवक बन्न चाहन्छु : काँग्रेस उम्मेदवार जोशी

दार्चुला : नेपाली काँग्रेस दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धर्मानन्द जोशीले आफू जनताको सेवक बन्न राजनीतिमा आएको बताउनुभएको छ । शनिवार नेपाली काँग्रेसले मार्मा गाउँपालिकामा आयोजना गरेको आमसभामा बोल्दै उनले आफ्नो उम्मेदवारी सांसद बन्न मात्रै नभई जनसेवक बन्न भएको बताएका हुन् । उनले भने– ‘यहाँका ग्रामीण क्षेत्रका जनताका दुःख, पीडा र जीवन मैले बुझेको छु । म त्यही जनताका आवाज संसदमा पुगाएर जनताको सेवक बनी जनसेवामा जीवन समर्पण गर्न

पाँच वर्षे दृष्टि राखेर दार्चुला काँँग्रेसले सार्वजनिक गर्‍यो प्रतिज्ञा पत्र

दार्चुला : नेपाली काँँग्रेस दार्चुलाले पाँच वर्षे दृष्टि राखेर प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार जिल्लाको गोकुलेश्वरमा एक कार्यक्रमका बीच काँँग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । यस्तो छ प्रतिज्ञा पत्र

राप्रपा दार्चुलाको सम्पर्क कार्यालय स्थापना

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाको सम्पर्क कार्यालय स्थापना गरिएको छ । चुनाव लक्ष्यित सम्पर्क कार्यालय स्थापना गरिएको हो । महाकाली नगरपालिका-४ स्थित माइती लजको भवनमा सम्पर्क कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । सम्पर्क कार्यालय बसपार्क नजिकै भएकाले पनि चुनावी कार्यक्रमका गतिविधि र अन्य खटनपटनका क्रियाकलापमा सहजता हुने बताइएको छ । सम्पर्क कार्यालय राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेश चन्द, समानुपातिक उम्मेदवार धाना देवी लुहार,

काँग्रेस उम्मेदवारको ब्याँसका वडामा घरदैलो

दार्चुला : नेपाली काँग्रेसका उम्मेदवार यति बेला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ५ र ६ मा घरदैलो गरिरहेका छन् । बिहीवार गरिएको चुनाव लक्ष्यित घरदैलो कार्यक्रमका तस्वीरहरु

चुनाव नलड्ने दिलेन्द्र प्रसाद बडूको घोषणा

दार्चुला : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । सोमवार वक्तव्य सार्वजनिक गर्दै आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बडूलाई एकल रुपमा सिफारिस गरेको थियो । तर, बडूले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यस्तै मंसिर २५ र २६ गते

समानुपातिक सूचिमा दार्चुलाबाट तीन दलका चार जना

दार्चुला : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट तीन दलका समानुपातिक उम्मेदवार बन्द सूचिमा समावेश भएका छन् । जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना समानुपातिक उम्मेदवारको सूचिमा समेटिएका हुन् । नेपाली काँग्रेसबाट खस/आर्यतर्फ काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य करबिर सिंह कार्की, नेकपा (एमाले) बाट आदिवासी जनजाति (सौका) जहेन्द्र सिंह ऐतवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलित कोटातर्फ जिल्ला अध्यक्ष प्रकाश दयाली र महिला केन्द्रीय

राष्ट्रिय हितका लागि चुनावी प्रतिष्पर्धा पार गर्दै सहकार्य आवश्यक : पूर्वमन्त्री बडू

दार्चुला : निर्वाचनमा एक अर्काका प्रतिष्पर्धी रहेका राजनीतिक दल र नेतृत्वबीच देश, लोकतन्त्र र संविधानको रक्षाका लागि सहकार्य आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनुभएको छ । बुधवार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले वर्तमान समयमा राष्ट्रवादी शक्तिहरु देश, लोकतन्त्र र संविधान रक्षाका लागि एक ढिक्का हुनुको विकल्प नरहेको बताएका हुन् । पूर्वमन्त्री

महाकाली नगरपालिका–९ मा राप्रपाको वडा कार्यालय स्थापना

दार्चुला : महाकाली नगरपालिका–९ दत्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको छ ।मंगलवार एक कार्यक्रमका बीच वडा नम्बर ९ दत्तुको वडा कार्य समिति कार्यालयको उद्घाटन गरिएको छ । संगठन विस्तारलाई सँग सँगै लगिरहेको राप्रपाले मंगलवार दत्तुमा पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा कार्यालय उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, संयोजक पदम राज खत्री , उपाध्यक्षद्वय चक्र

महाकाली नगरपालिका–४ मा राप्रपाको संगठन विस्तार, महिला अध्यक्ष चयन

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले महाकाली नगरपालिका–४ मा संगठन विस्तार गरेको छ । शनिवार उर्मिला निरौलाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा समिति उपाध्यक्षमा सरस्वती भुल, सचिवमा मुकेश राम भुल, सहसचिव चन्दन राज निरौला, कोषाध्यक्षमा धर्म राज दयाली चयन भएको उनले बताए । यस्तै सदस्यमा अनिसा निरौला, सपना दयाली, रतनादेवी निरौला, सुस्मा निरौला, ईन्द्रा निरौला र सन्तोष गौतम चयन

राप्रपा दार्चुलाले ग¥यो प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस

दार्चुला : राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको राप्रपा दार्चुलाको बैठकले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाइएको राप्रपा दार्चुलाका संयोजक पदम राज खत्रीले