राजनीति

समानुपातिक सूचिमा दार्चुलाबाट तीन दलका चार जना

दार्चुला : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट तीन दलका समानुपातिक उम्मेदवार बन्द सूचिमा समावेश भएका छन् । जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना समानुपातिक उम्मेदवारको सूचिमा समेटिएका हुन् । नेपाली काँग्रेसबाट खस/आर्यतर्फ काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य करबिर सिंह कार्की, नेकपा (एमाले) बाट आदिवासी जनजाति (सौका) जहेन्द्र सिंह ऐतवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलित कोटातर्फ जिल्ला अध्यक्ष प्रकाश दयाली र महिला केन्द्रीय

राष्ट्रिय हितका लागि चुनावी प्रतिष्पर्धा पार गर्दै सहकार्य आवश्यक : पूर्वमन्त्री बडू

दार्चुला : निर्वाचनमा एक अर्काका प्रतिष्पर्धी रहेका राजनीतिक दल र नेतृत्वबीच देश, लोकतन्त्र र संविधानको रक्षाका लागि सहकार्य आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनुभएको छ । बुधवार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले वर्तमान समयमा राष्ट्रवादी शक्तिहरु देश, लोकतन्त्र र संविधान रक्षाका लागि एक ढिक्का हुनुको विकल्प नरहेको बताएका हुन् । पूर्वमन्त्री

महाकाली नगरपालिका–९ मा राप्रपाको वडा कार्यालय स्थापना

दार्चुला : महाकाली नगरपालिका–९ दत्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको छ ।मंगलवार एक कार्यक्रमका बीच वडा नम्बर ९ दत्तुको वडा कार्य समिति कार्यालयको उद्घाटन गरिएको छ । संगठन विस्तारलाई सँग सँगै लगिरहेको राप्रपाले मंगलवार दत्तुमा पार्टीको वडा कार्य समिति कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा कार्यालय उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, संयोजक पदम राज खत्री , उपाध्यक्षद्वय चक्र

महाकाली नगरपालिका–४ मा राप्रपाको संगठन विस्तार, महिला अध्यक्ष चयन

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले महाकाली नगरपालिका–४ मा संगठन विस्तार गरेको छ । शनिवार उर्मिला निरौलाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा समिति उपाध्यक्षमा सरस्वती भुल, सचिवमा मुकेश राम भुल, सहसचिव चन्दन राज निरौला, कोषाध्यक्षमा धर्म राज दयाली चयन भएको उनले बताए । यस्तै सदस्यमा अनिसा निरौला, सपना दयाली, रतनादेवी निरौला, सुस्मा निरौला, ईन्द्रा निरौला र सन्तोष गौतम चयन

राप्रपा दार्चुलाले ग¥यो प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस

दार्चुला : राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको राप्रपा दार्चुलाको बैठकले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाइएको राप्रपा दार्चुलाका संयोजक पदम राज खत्रीले

दिपक बहादुर सिंह दार्चुलाबाट सिफारिस

दार्चुला : २०७९ मा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका नेता दिपक बहादुर सिंह दार्चुलाबाट आगामी चुनावका लागि सिफारिस भएका छन् । राप्रपा दार्चुलाले सिंहको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरेको हो । दिपक बहादुर सिंह सँगै राप्रपाले दार्चुलाबाट २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका नरेन्द्र सिंह धाामी र पूर्व कर्णेल राजेश बहादुर चन्दको नाम सिफारिस गरेको अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । यस्तै समानुपातिकतर्फ प्रकाश दयाली,

एमाले केन्द्रीय कमिटि सदस्यमा दार्चुलाबाटै ४ जनाको उम्मेदवारी

दार्चुला : नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि दार्चुलाबाट चार जनाको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटि सदस्यका लागि तीन जना खुला र एक जनाको भूगोलबाट उम्मेदवारी परेको हो ।एमाले केन्द्रीय कमिटी सदस्य खुलामा गणेश सिंह ठगुन्ना, हरदेव जोशी र धर्मानन्द मन्यालको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेश भूगोलबाट प्रेम सिंह धामीको उम्मेदवारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट केन्द्रीय कमिटी सदस्य पदमा गणेश सिंह ठगुन्ना र

राप्रपा दार्चुला सङ्गठन विस्तारमा

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले सङ्गठन विस्तार गरिरहेको छ । संगठन विस्तार गर्ने क्रममा आइतवार राप्रपाले जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा वडा समिति गठन गरेको छ । जेष्ठ नागरिक उदय सिंह नगारिको अध्यक्षतामा बसेको आमभेला तथा वडा अधिवेशनबाट हरि सिंह भाटको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा समितिको उपाध्यक्षमा दिलिप सिंह नगारी, कोषाध्यक्षमा उदय सिंह भाट, सचिवमा

दार्चुलामा एमालेको जागरण सभा

दार्चुला : नेपाल कम्युनिष्ट पार्टी एमालेले आज दार्चुलामा र्यालीसहित जागरण सभा आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा जागरण सभा आयोजना गरिएको हो । प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत दार्चुलामा जागरण सभा आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट ¥याली निकालेको थियो । ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं दार्चुला इन्चार्ज

भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध र सडकको निर्माण कार्य रोक्न माग

दार्चुला : महाकाली नदीको बहावलाई असर पार्ने गरि भारतले निर्माण गरिरहेको तटबन्ध र सडक निर्माणको कार्य रोक्न माग गरिएको छ । मङ्गलवार दार्चुलाका क्रियाशिल राजनीतिक दल तथा नागरिक समाजकोतर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनबुझाइएको हो । ज्ञापन पत्रमा भनिएको छ- `महाकाली नदीको आसपासको नेपाल-भारत सीमाक्षेत्रमा भारतीय पक्षले महाकाली नदीको प्राकृतिक बहावलाई नेपालतिर फर्कने गरी ब्याँस गाउँपालिकाको घाटी बगर, तम्बाकु क्षेत्रमा सडक निर्माण गर्दा चट्टान विष्फोटन गरी महाकाली नदीमा फाल्दा