राष्ट्रिय हितका लागि चुनावी प्रतिष्पर्धा पार गर्दै सहकार्य आवश्यक : पूर्वमन्त्री बडू
दार्चुला : निर्वाचनमा एक अर्काका प्रतिष्पर्धी रहेका राजनीतिक दल र नेतृत्वबीच देश, लोकतन्त्र र संविधानको रक्षाका लागि सहकार्य आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनुभएको छ । बुधवार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले वर्तमान समयमा राष्ट्रवादी शक्तिहरु देश, लोकतन्त्र र संविधान रक्षाका लागि एक ढिक्का हुनुको विकल्प नरहेको बताएका हुन् । पूर्वमन्त्री









