प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा पुनः जोशी चयन
दार्चुला : प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्र प्रसाद जोशी चयन भएका छन् । बिहीवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजित पाँचौ अधिवेशनले सर्वसम्मत जोशीलाई अध्यक्ष चयन गरेको हो । जोशीको यो दोस्रो कार्यकाल हो । प्रेस चौतारी जिल्ला कार्य समितिको उपाध्यक्षमा रमेश सिंह खत्री, बिमला धामी भुजेल, सचिवमा मान सिंह कुँवर सहसचिव निरज कुमार धामी, पदम परियार, कोषाध्यक्ष उद्धव सिंह धामी चयन भएका भएका छन् । यसैगरी सदस्यहरूमा लोकेन्द सिंह