सशस्त्र प्रहरीद्धारा रक्तदान कार्यक्रम र सीमामा लागूऔषध बारेको सडक नाटक प्रदर्शन
दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । २४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सशस्त्र प्रहरीले शुक्रवार रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक हर्क राज पन्त र प्रहरी जवान पुनेश चुनाराले रक्तदान गरेका छन् । जिल्ला अस्पताल दार्चुलामा रगतको आवश्यकता धेरै हुने