विशेष

ब्याँसको लेखापरीक्षण पहिलो पटक गाउँपालिकामै

दार्चुला : पहिलो पटक ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गाउँपालिकामै गरिएको छ । भौगोलिक विकटताको कारण देखाउँदै विगत वर्षहरुमा जिल्ला सदरमुकाम खलंगामा गरिने गरिएको अन्तिम लेखापरीक्षण यसपाली गाउँपालिकाको केन्द्र सुन्सेरामै गरिएको हो । विगतका वर्षहरुमा स्रेस्ता सदरमुकाम झिकाई यतै लेखापरीक्षण सम्पन्न गर्ने गरिएको थियो । ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणका लागि भदौ १६ गते निर्देशक हिरामणी निरौला, लेखापरीक्षण अधिकारी संजय कुमार शाह र अनिता गौतम तथा

दार्चुलाका सहायक प्रजिअ साउँद निजामती सेवा पुरस्कारबाट पुरस्कृत

दार्चुला : निजामती सेवा दिवस २०८१ को अवसरमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद पुरस्कृत हुनुभएको छ । सरकारले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँदसहित देशभरबाट ४० जना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी ४० जना पुरस्कृत भएका छन् ।दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँद निजामती सेवा पुरस्कारबाट ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् । यस्तै

जिल्ला प्रशासन कार्यालयका खरिदार जोशी पुरस्कृत

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत खरिदार सागर दत्त जोशी पुरस्कृत भएका छन् । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले खरिदार जोशीलाई नगदसहित पुरस्कृत गरेको हो । २०७५ सालदेखि कार्यरत जोशीले उत्कृष्ट कार्यसम्पादन गरेकाले निजामती सेवा दिवसको अवसरमा सम्मानसहित पुरस्कृत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए । शनिवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू र प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले उनलाई

निजामती सेवा दिवसका अवसरमा वृक्षारोपण

दार्चुला : निजामती सेवा दिवस २०८१ का अवसरमा वृक्षारोपण गरिएको छ । जिल्ला मूल समारोह समिति दार्चुलाको आयोजनामा शुक्रवार महाकाली नगरपालिका–५ स्थित मालिकार्जुन मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।दिवस मनाउने क्रममा दोस्रो दिनको कार्यक्रम अन्तर्गत वृक्षारोपण गरि मनाइएको हो । बिहीवार जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद, आधिकारीक ट्रेड युनियन दार्चुलाका अध्यक्ष

मोटरेवल पुलको भारतीय राजदूतद्वारा अनुगमन

दार्चुला : दार्चुलामा महाकाली नदीमाथि निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अनुगमन गर्नुभएको छ । बिहीवार साँझ दार्चुला पुगेका राजदूत श्रीवास्तवले शुक्रवार बिहान महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको हो । ३२ करोड ९८ लाख भारतीय लगानीमा निर्माण भइरहेको १ सय १० मिटर लम्बाईको मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको काम भारतीय निर्माण कम्पनी

निजामती सेवा दिवसका अवसरमा बिरामीहरुलाई फलफूल वितरण

दार्चुला : निजामती सेवा दिवस २०८१ का अवसरमा जिल्ला मूल समारोह समिति दार्चुलाको आयोजनामा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसरमा विहीवार जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । फलफूल वितरण कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो । तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाइने मूल आयोजक समितिले जनाएको छ । शुक्रवार दिवसको

सुदूरपश्चिमेलीलाई तथानाम भन्ने दुर्गाविरुद्ध अधिवक्ता महराको जाहेरी

दार्चुला : सुदूरपश्चिम र सुदूरपश्चिमेलीको बारेमा तथानाम भन्ने युवती दुर्गा दाहाल साउँदविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सुदूरपश्चिम प्रदेशको दार्चुला दुहुँ गाउँपालिका-५ गरमोरा घर भएका अधिवक्ता कृष्ण महराले बुधवार साउँदविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । पाटन उच्च अदालत बार एसोसिएसनका सदस्यसमेत रहेका महराले आज जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको जनाएका छन् । अमेरिकामा घटेको एउटा घटनाको विषयलाई लिएर ती युवती साउँदले सामाजिक सञ्जालमा सिङ्गो सुदूरपश्चिमबासीलाई बदनाम गराउने मनसायले अभिव्यक्ति

बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड

बैतडी : बैतडीमा नेपाल टेलिकमको टावरमा तोडफोड भएको छ। जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहद्वारा तोडफोड भएको हो।  टावरमा राखिएको कृषि विकास बैंकको सर्भर उपकरण समेत तोडफोड गरिएको छ । स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ। घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने यकीन हुन नसकेको प्रहरीकाे भनाइ छ।  भदौ १५ गतेबाट

बाँदर धपाउने क्रममा भीरबाट लडेर एकको मृत्युु

दार्चुला : दार्चुलामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-१ साङपाङका अन्दाजी ४५ वर्षका उदय सिंह ठगुन्नाको बरभगे भन्ने भीरको छेउतिरबाट लडेर मृत्युु भएको हो । स्थानीय प्रेम बडालका अनुसार बुधवार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भीरबाट लडेर घटनास्थल मै मृत्युु भएको हो । ठगुन्ना भीरबाट करिब ३०० मिटर तल खसेका थिए ।

३७ व्यापारी ताक्लाकोट गए

दार्चुला : चीन जोड्ने दार्चुलाको उत्तरी नाका टिंकर भञ्याङ हुदै ३७ जना व्यापारी तिब्बतको ताक्लाकोट गएका छन् । यहि भदौ १२ गते उनीहरु बन्दोवस्तीका सामानसहित व्यापार गर्न ताक्लाकोट गएका हुन् । कोरोना कालदेखि बन्द रहेको टिंकर नाका खुला भएसँगै पहिलो पटक २०८१ साउन ४ गते ब्याँस गाउँपालिका–१ छाङ्गरु र टिंकरका २७ जना व्यापारी ताक्लाकोट गएका थिए । भदौ १२ गते १६ जना महिला र २१ जना पुरुष गरी ३७ जना