विशेष

दार्चुलाको टिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौ : गृहमन्त्री लेखक

दार्चुला : दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्याँस गाउँपालिका -१ स्थित टिंकर क्षेत्रमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको गृहमन्त्री लेखकले बताए ।  काठमाडौंमा सोमवार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक

शैल्यशिखरका कृषि प्राविधिक अधिकृत धामीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दार्चुला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।कृषि समूहको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरू सेवाग्राहीबाट लिएको नगद ४ लाख १२ हजार रुपैयाँ, अशोकसिंह धामीको नाममा काटिएको ५ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । कृषि समूहको बिल भुक्तानी

टिंकर सडकमा बजेट थप र ब्याँसमा अध्यागमन कार्यालय स्थापनाका लागि पहलकदमी

दार्चुला : दार्चुला जिल्लाको समग्र विकासका लागि यहाँका राजनीतिक नेतृत्व एक ठाउँमा उभिएका छन् । पछिल्लो केहि दिनदेखि मुख्य तीन ठूला दलका नेता तथा कार्यकर्ताहरु दार्चुलाको विकासका निम्ति काठमाडौँ केन्द्रीत छन् । गत साउन ३२ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं

दार्चुलामा भैंसी ओसारी रहेको ट्याक्टर पल्टिदा दुई जना घाइते

दार्चुला : दार्चुलामा भैंसी ओसारी रहेको ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छन् । मंगलवार दिउँसो साढे ४ बजेतिर महाकाली नगरपालिका- ३ बाँजमा ट्याक्टर दुर्घटना भएको हो। जिल्ला सदरमुकाम खलंगाबाट भैंसी लगेर गएको सुदूरपश्चिम प्रदेश ०१- ००२ त ५८०३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार महाकाली नगरपालिका वडा नम्बर ३ का अन्दाजी ६० वर्षीय परम सिंह महरा र सोही ठाउँका अन्दाजी ५० वर्षीय गोबिन्द महरा घाइते भएका छन् । घाइते

अपिहिमालमा साउन ३१ गते सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकाले साउन ३१ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै सुर्माभवानी जात्राको अवसरमा बिदा दिइएको जनाएको हो । अपिहिमाल गाउँपालिकाको प्रख्यात धार्मिक स्थल सुर्माभवानी मन्दिरमा साउन ३० र ३१ गते लाग्ने जात्राको अवसरमा साउन ३१ गते गाउँपालिका भरी सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र सिंह साउँदले बताए । सार्वजनिक बिदाको दिन पालिकाभित्रका सार्वजनिक, सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक

आठ बुद्धे माग राख्दै रास्वपाले बुझायो प्रशासनलाई ज्ञापन

दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक गोपाल सिंह कोट्टारी र सचिव भान सिंह धामीद्वारा हस्ताक्षरीत ज्ञापनपत्र आइतवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई बुझाइएको हो ।रास्वपाले बुझाएको ज्ञापन पत्रमा जिल्लामा हुने जघन्य अपराधिक घटनाको तत्कालै सर्वदलिय बैठक राख्नुपर्ने र सो विषयमा समीक्षा गर्नुपर्ने छ । यस्तै जिल्ला भरिका स्थानीय तहमा भइरहेको बेथिती रोक्न

जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका-४ टिङ्करखेडास्थित बडाल फास्टफुडबाट शुक्रवार साझँ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुँहु गाउँपालिका-२ का फास्टफुडका संचालक जनक बडाल, महाकाली नगरपालिका-१ का मोहन सिंह महरा, नौगाड गाउँपालिका-४ का कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका- ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका-३ का निरज धामी र नौगाड गाउँपालिका-१ का जनक ठेकरे रहेका छन् । पक्राउ परेकामध्ये मोहन

सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाको चौथो वार्षिकोत्सव मनाइयो

दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगा दार्चुलाको चौथो वार्षिक उत्सव मनाइएको छ । शनिवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक एवं सहायक बाहिनीपति उद्धव बहादुर न्यौपानेको उपस्थितिमा एक समारोहका बीच चौथो वार्षिक उत्सव मनाइएको हो । वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत अमर सशस्त्र प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा

दार्चुलाका जोशी एमाले केन्द्रीय कमिटी सदस्य मनोनित

दार्चुला : दार्चुलाका एमाले नेता हरदेव जोशी केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । नेकपा (एमाले)को बिहीबार बसेको सचिवालय बैठकले जोशीसहित १७ जनालाई केन्द्रीय कमिटी सदस्यमा थप्ने निर्णय गरेको हो । जोशी गत प्रदेश सभाको निर्वाचनमा उम्मेदवार थिए । यस्तै, दार्चुलाकै गणेशसिंह धामी एमाले सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् ।

दार्चुलाको नौगाडमा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्युु भएको हो । बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।