विशेष

दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि

दार्चुला : दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका एक जनामा चेकजाँच गर्दा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । डेंगीको संक्रमण देखिनेमा बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुष रहेका छन् । चालू आर्थिक वर्षमा दार्चुलामा डेंगी पुष्टि भएको यो पहिलो केश हो । वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले

ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो जाँदा दुई घरमा क्षति, परिवार विस्थापित

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो खस्दा दुई घरमा क्षति पुगेको छ । आइतवार राति ११ बजेतिर पहिरो खसेको हो । पहिरोले स्थानीय कालू राम कामी र ऐत कामीको घरमा क्षति पुगेको वडा नम्बर २ का वडा सदस्य नरेन्द्र धामीले जानकारी दिए । पहिरोले त्यहाँ बस्न नमिल्ने गरी जमिन भाँसेको उनले बताए । घरमुनिबाट जमिन भाँसिएर पहिरो गएको हो । पहिरोका कारण त्यँहा जग्गा जमिनमा क्षति पुर्याएको छ ।

शिक्षा विधेयकमा असहमति जनाउँदै प्याब्सनको ज्ञापन

दार्चुला : प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले सम्बन्धित सरोकारवाला कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । दार्चुलामा प्याब्सनका अध्यक्ष बिक्रम सिंह रैखोलाको अगुवाईमा प्याब्सन पदाधिकारीहरुले स्थानीय पालिका, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा ज्ञापन बुझाएका हुन् । साउन २७ गते केन्द्रीय कार्यालयमा बसेको प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको निर्णयअनुसार साउन २९ गते पालिका प्रमुख र शिक्षा शाखा प्रमुखमार्फत

भारतको स्वतन्त्रता दिवसमा छाङ्रु र तिंकरका स्थानीयलाई खाद्यान्न सहयोग

दार्चुला : भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा दार्चुलाको ब्याँस गाउँपालिका—१ का स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल—भारत मैत्री संघ दार्चुला शाखाको आयोजनामा ब्याँस गाउँपालिका—१ छाङ्रु र तिंकरका विपन्न र एकल घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । छाङ्रुस्थित श्री कैलाशपती आविको भवनमा छाङरु र तिङ्करका अतिविपन्न तथा एकल परिवारलाई चामल, चिनी, तेल लगायत खाद्यान्न वितरण गरिएको नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्य बासुदेव ऐतवालले जानकारी दिए । शुक्रवार एक कार्यक्रमका

६ फिट ३ इन्च लम्बाईको चितुवाको छालासहित ऐर पक्राउ

दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–७ ऐर गाउँका ५० वर्षीय भान सिंह ऐर रहेका छन् । ऐरलाई शैल्यशिखर नगरपालिका–३ कर्कलेस्थित गोकुलेश्वर मार्मा सडकखण्डबाट चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ऐरको साथमा रहेको कालो झोला चेकजाँच गर्दा झोलामा लुकाइछिपाई लग्दै गरेको अवस्थाबाट

वन लसुनसहित एक महिला पक्राउ

दार्चुला : दार्चुलामा एक महिला वन लसुनसहित पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका-४ सिप्टीकी ३० वर्षीया धाना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए । सोमवार अप्राहन्न ४ बजेतिर भारतको धारचुलाबाट आउदै गरेकी धामीलाई नेपाल-भारत जोड्ने खलंगा सीमापुलमा खटिएको अस्थायी प्रहरी पोष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलि र सशस्त्र प्रहरीको टोलिले चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनको साथबाट ५

दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते

दार्चुला: दार्चुलामा स्यालको टोकाइबाट ७ जना घाइते भएका छन् । पछिल्लो एक हप्तामा ७ जनालाई स्यालले टोकेको हो । हप्ता दिनको अवधीमा ७ जना स्यालले टोकेका बिरामी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । आइतवार र सोमवार मात्रै जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ६ मा ६ जनालाई स्यालले टोकेको छ । स्यालले टोकेका ४ जना जिल्ला अस्पतालमा आएकोमा २ जना रेफर भएको

ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन र विक्रीवितरण बन्द गर्ने

दार्चुला : ब्याँस गाउँपालिकाले घरेलु मदिराको उत्पादन तथा विक्रीवितरण बन्द गर्ने भएको छ । साउन ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा घरेलु मदिराको उत्पादन, ओसारपसार र विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुँवरले जानकारी दिए । उक्त बैठकले मदिरा सेवन गरी होहल्ला र हुलहुज्जत गर्नेलाई जरिवाना गर्ने पनि निर्णय गरेको छ । घरेलु मदिराको उत्पादन गरेमा ५ हजार जरिवाना तोकिएको छ भने ओसारपसार गरेमा

दार्चुला भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ७५ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ९५ लाख ७३ हजार ७०९ रुपैयाँ राजस्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए । कार्यालयले लक्ष्य भन्दा १९ लाख ९९ हजार ७०९ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । सबैभन्दा बढी बैशाख महिना र

दार्चुला अस्पतालमा नियमित शल्यक्रिया, एक वर्षमा ६१ गर्भवतीको शल्यक्रिया

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा हाल नियमित रुपमा शल्यक्रिया भइरहेको छ । विगतका वर्षमा गर्भवती महिलाहरुको शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदा रेफर हुने गरेकोमा अहिले अस्पतालमै नियमित शल्यक्रिया भइरहेको छ । अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ६१ जना गर्भवती महिलाको शल्यक्रिया गरिएको छ । यस्तै जटिलतर्फ ३८ जना र नर्मल डेलीभरी ३२७ गरी एक वर्षको अवधिमा जम्मा ४२६ जना गर्भवती महिलाहरुले अस्पतालबाट सुरक्षित र