विशेष

अपीनाम्पा संरक्षण क्षेत्रले मनायो पन्ध्रौ स्थापना दिवस

दार्चुला : अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलाले १५ औं स्थापना दिवस मनाएको छ । ‘पर्यटन विकास र जैविक विविधता संरक्षणका लागि जनसहभागिता’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए । वि.सं. २०६६ साल असार २८ गते साविकका २१ गाविस समेटेर अपीनाम्पा संरक्षण क्षेत्र स्थापना गरिएको थियो । संरक्षण क्षेत्रले स्थापनाका १५ वर्ष पार गरेको छ । स्थापना दिवसको

सेवा प्रवाहबारे प्रशासन कार्यालयको सार्वजनिक सुनुवाई

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई गरेको छ । कार्यालयले गर्ने सेवा प्रवाह, जिल्लाको शान्ति सुरक्षा र सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । शुक्रवार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले कार्यालयबाट प्रवाह हुने सेवाहरु, बजार अनुगमन, विपद् प्रतिकार्य योजना, स्थानीय तहहरुसँगको समन्वय बारे जानकारी गराएका थिए । उनका

भीरबाट लडेर महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको महाकाली नगरपालिका-५ नमस्कार बस्ने अन्दाजी ३३ वर्षिया मानमती देवि बडूको सोही वडाको ठड्याभीरमा घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो । शुक्रवार बिहान साढे ११ बजेको समयमा भीरबाट लडेर बडूको घटनास्थलमै मृत्युु भएको बताइएको छ । घटनास्थलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेका थिए ।

निमित्तको भरमा चलेका दुहुँ र लेकममा प्रमुख प्रशासकीय अधिकृत आउँदै

दार्चुला : सरकारले दार्चुलाको दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलिरहेका जिल्लाका दुई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई खटाएको हो । दार्चुलासहित अन्य जिल्लाका स्थानीय तहमा ६९ जना र ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ । दुहुँ गाउँपालिकामा शाखा अधिकृत दिनेश जोशीलाई पठाइएको छ भने लेकम गाउँपालिकामा दीपक राज जोशीलाई पठाइएको छ । हालसम्म दुहुँ गाउँपालिकामा

जीवितलाई ‘मृत्यु’ भइसकेको भन्दै खाता नवीकरणका लागि नगरपालिकाबाट बैंकलाई पत्र

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भइसकेको भन्दै बैंकलाई पत्र लेखिएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित श्री मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनक सिंह धामीले सोही समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भइसकेको भन्दै नगरपालिकाको कृषि शाखालाई पत्र पठाएका हुन् । कृषि शाखा प्रमुख, कृषि प्राविधिक दीपक राज विष्टको हस्ताक्षरसहित ग्लोबल आइएमई बैंक शाखा गोकुलेश्वरलाई नविकरणका लागि पत्राचार गरेको भेटिएको छ ।

दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला : दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।   जिल्लाका ९ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी

विपद् जोखिममा सावधानी अपनाउन नौगाड गाउँपालिकाको अपिल

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले विपद् जोखिममा सावधानी अपनाउन गाउँपालिकाबासीमा अपिल गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मनसूनजन्य विपद्‌को दृष्टिकोणले नौगाड गाउँपालिका जोखिममा रहेकाले सावधानी अपनाउन अपिल गरेको हो । मनसूनी वर्षाको समय खासगरी असार, साउन र भदौ महिनासम्म जोखिमयुक्त ठाउँमा बास नबस्न, वनपाखा, घाँसपात र अन्य काममा जाँदा सावधानी अपनाउन तथा सुरक्षित स्थानमा बसाई सार्न अनुरोध गरिएको छ । नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले विपद् उद्धार

खलंगाका धारामा धमिलो पानी, किन हुदैछ खेलबाड जानीजानी

दार्चुला : जिल्ला सदरमुकाम खलंगामा वितरण भएको खानेपानीका धाराहरुमा विगत दुई हप्तादेखि धमिलो पानी आइरहेको छ । खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समिति दार्चुला (महाकाली नगरपालिका-४ र ५ ) ले वितरण गरेको पानी धमिलो आइरहेकोमा यहाँका उपभोक्ताहरु आजित छन् । पानी पिउन योग्य नभएको भन्दै विकल्पमा अहिले उपभोक्ताहरु अन्य मूलको पानी खोज्नसमेत थालेका छन् । त्यहाँ अहिले पानी जोहो गर्नेको भीड लाग्ने गरेको छ । बर्खाको समयमा मुहान तथा

दार्चुलामा बेवारिसे शव फेला

दार्चुला : दार्चुलामा महाकाली नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका –४ खुलामञ्चको तलपट्टी महाकाली नदी किनारमा बेवारिसे शव फेला परेको हो । शुक्रवार दिउँसो ४ बजेतिर स्थानीयले महाकाली नदी किनारमा रहेको तटबन्धको ब्लकमा अडकिएको अवस्थामा शव देखेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर शवलाई निकाल्ने प्रयास भइरहेको छ । शवको खुट्टा मात्रै बाहिर देखिएको छ । उक्त शव नदी बगेर

ब्लड बैंक स्थापनाका लागि अग्रसरता : कर्मचारी र सुरक्षाकर्मीद्धारा ५ लाख रकम संकलन

दार्चुला : दार्चुला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुले अग्रसरता देखाएका छन् । अस्पतालमा रगतको सहज आपूर्ति व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अग्रसरतामा ब्लड बैंक स्थापनार्थ सहयोग रकम संकलन गरिएको हो । ब्लड बैंकको स्थापनाका लागि ५ लाख रकम संकलन भएको छ । जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुबाट स्वःस्फूर्त रुपमा ५ लाख २ हजार ८८१ रुपैयाँ संकलन भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी