ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो जाँदा दुई घरमा क्षति, परिवार विस्थापित
दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो खस्दा दुई घरमा क्षति पुगेको छ । आइतवार राति ११ बजेतिर पहिरो खसेको हो । पहिरोले स्थानीय कालू राम कामी र ऐत कामीको घरमा क्षति पुगेको वडा नम्बर २ का वडा सदस्य नरेन्द्र धामीले जानकारी दिए । पहिरोले त्यहाँ बस्न नमिल्ने गरी जमिन भाँसेको उनले बताए । घरमुनिबाट जमिन भाँसिएर पहिरो गएको हो । पहिरोका कारण त्यँहा जग्गा जमिनमा क्षति पुर्याएको छ ।










