गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण
दार्चुला : शैल्यशिखर नगरपालिका–८ मा रहेको श्री गलैनाथ मावि झरकाँडाको विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवनको एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूकोे प्रमुख आतिथ्यता, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । भारतीय राजदुतावासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत गरी करिब ४ करोड लागतमा निर्माण सम्पन्न