शिक्षा

विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइका लागि शिक्षकहरुलाई तालिम

दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा शिक्षकहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उद्घाटन गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा आधारभूत तहमा सिकाइ

मौसम अनुकुल रहँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा

दार्चुला : बाढी तथा पहिरोले प्रभाव पारेपछि देशभर तीन दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेपनि मौसम अनुकुल हुँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा रहेका छन् । शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका भएकाले विद्यालय भवनमासमेत आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले आइतवारदेखि मंगलवारसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो । तर, दार्चुलामा दुई/तीन दिन यतादेखि मौसम अनुकुल रहेकाले सबै स्थानीय

भोलिदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

दार्चुला : बाढी पहिरोले देशभर प्रभाव पारेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिवार सूचना जारी गर्दै बाढी र पहिरोको असर सबैतिर भएकोले तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय अनुसार मंगलवारसम्म विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय

दार्चुला बहुमुखी क्याम्पस स्ववियुद्वारा वादविवाद प्रतियोगिता सम्पन्न

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेर युवाहरुको बढ्दो वैदेशिक यात्रा, रहर कि बाध्यता भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा क्याम्पसका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष कृष्ण धामीले जानकारी दिए । वादविवाद प्रतियोगितामा प्रतियोगी खडक सिंह ठगुन्नाले प्रथम स्थान हासिल गरे ।

अनेरास्ववियुद्वारा वादविवाद प्रतियोगिता आयोजना

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले मावि स्तरीय वादविवाद प्रतियोगिता आयोजना गरेको छ । संविधान दिवसको अवसरमा महाकाली नगरपालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयहरुलाई सहभागिता गराएर प्रतियोगिता आयोजना गरिएको हो । शुक्रवार मालिकार्जुन नमूना मावि धापमा ‘सामाजिक सञ्जालको प्रयोग समाजका लागि बरदान कि अभिशाप’ भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा मालिकार्जुन नमुना मावि धापका छात्र विराजमान बडू प्रथम भएका छन् । यस्तै प्रतियोगितामा मालिकार्जुन मावि धापकै छात्रा

सम्पाल मावि सुन्सेराका प्रअ बलदेव सिंह धामीलाई राष्ट्रिय शिक्षा पुरस्कार

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गरिएको राष्ट्रिय शिक्षा पुरस्कार धामीलाई पनि प्रदान गरिएको हो । सम्पाल मावि सुन्सेरामा कार्यरत धामी माध्यमिक द्वितीय श्रेणीका शिक्षक हुन् ।

धापमा अंग्रेजी शिक्षक अभाव : पठनपाठन अवरुद्ध भएको भन्दै विद्यार्थी आन्दोलित

दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११–१२ मा अंग्रेजी शिक्षक अभाव भएको ५ महिना भयो । कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक पुस्कर सिंह रैखोला गत चैतमा आधारभूत तह (०–५) मा स्थायी नियुक्ती लागि सिफारिस भएपछि विद्यालयमा शिक्षक अभाव भएको हो । शिक्षक अभाव भएपछि २०८१ जेठ ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षतामा

मालिकार्जुन नमुना मावि धापमा अंग्रेजी शिक्षक अभाव

दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११ र १२ मा अंग्रेजी शिक्षक अभाव रहेको छ । उक्त विद्यालयमा गत बैशाखदेखि शिक्षक अभाव रहेको हो । कक्षा ११ र १२ मा पढाउने राहत अनुदान कोटाका शिक्षक पुस्कर सिंह रैखोला प्रावि तहमा स्थायी नियुक्त भएपछि विद्यालयमा शिक्षक अभाव रहेको हो । रैखोलाले चैत अन्तिम तिर स्थायीको नियुक्ती बुझेका थिए । विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित भएको

अपिहिमालको खण्डेश्वरी माविका छात्राहरुमा रुने, कराउने समस्या

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–४ स्थितको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्न थालेको छ । केहि दिनदेखि छात्राहरुमा यो समस्या देखिएको विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण राज जोशीले जानकारी दिए । प्राथनाका बेला छात्राहरु बेहोस हुने, चिच्याउने गर्न थालेका छन् । जसले गर्दा पठनपाठन अवरुद्ध हुने अवस्था सृजना भएको उनले बताए । एक जनाले रुन, कराउन थालेपछि बिस्तारै अन्य छात्राहरूमा पनि सोही समस्या हुने गरेको

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुल्यो (सूचनासहित)

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा भर्ना आवेदन खुला गरेको छ । विभिन्न संकायतर्फका सेमेस्टर प्रणालीमा आधारित स्नातक तह प्रथम वर्षका शैक्षिक कार्यक्रमहरुमा भर्ना खुलेको सूजनामार्फत जनाइएको छ । शैक्षिक सत्र २०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कानून, कृषि विज्ञान र प्राकृतिक स्रोत व्यवस्थापन संकायमा विद्यार्थी भर्ना खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । जसमा प्रवेश परीक्षा आवेदन फाराम वितरण साउन २३ गतेदेखि सुरु