ब्याँस र दुहुँमा हुलाक कार्यालय स्थापना
दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । बुधवार जिल्लाको ब्याँस गाउँपालिकामा स्थापना गरिएको हुलाक कार्यालय बिहिवार दुहु गाउँपालिकामा पनि स्थापना गरिएको हो । बुधवार ब्याँस गाउँपालिका-४ सुन्सेरामा हुलाक कार्यालयका खरिदार कल्याण सिंह कुवरको अध्यक्षतामा ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीको प्रमुख आतिथ्यता, गाउँपालिकामा उपाध्यक्ष बिनोद सिंह कुवरको विशिष्ट आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुवर, गाउँपालिकाका प्रवता एवं