दार्चुला : नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलवार नेतृत्व चयन गर्दै १० औं अधिबेशन सम्पन्न भएको हो । राजेन्द्र सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको छ । धामीको यो दोस्रो कार्यकाल हो ।
यस्तै संगठनको उपाध्यक्षमा मदन सिंह ठगुन्ना, महिला उपाध्यक्षमा धाना कार्की, सचिवमा कर्ण बहादुर खत्री, सह-सचिव मोहन सिंह धामी र कोषाध्यक्षमा धन बहादुर लोहार चयन भएका छन् । सदस्यहरूमा केशव बिष्ट, तारा सिंह देउरूखी, परमानन्द भट्ट, प्रेम सिंह बुढाथोकी, गोबिन्द महरा, नारन्ती कार्की, गौर सिंह ठगुन्ना, धर्मेन्द्र सिंह ठगुन्ना र सर्जन ओखेडा रहनुभएको छ ।
यस्तै प्रदेश प्रतिनिधिमा राम सिंह धामी, गोबिन्दी लोथ्याल, धन बहादुर लोहार तथा केन्द्रीय प्रतिनिधिमा चन्द्रा घर्ती र सुरेन्द्र सिंह धामी चयन भएका छन् ।
निजामती कर्मचारी संगठन दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामीको अध्यक्षतामा उद्घाटन भएको अधिवेशन समारोहमा नेकपा एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्यता तथा कर्मचारी संगठनका केन्द्रीय कमिटी सचिवालय सदस्य पदम राज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?