महाकालीमा २५ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम
दार्चुला : महाकाली नगरपालिकामा २५ जनालाई समुदाय विपद् स्वयंमसेवक तालिम दिइएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको सहकार्यमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम दिइएको हो । जेठ ११ गतेदेखि सुरु भएको उक्त तालिमको बिहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ । विपद्जन्य जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले समुदाय विपद् स्वयंसेवक आधारभुत तालिम दिएको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति नरेन्द्र सिंह ठगुन्नाले जानकारी










