ब्याँसको गल्थामा ट्याक्टर दुर्घटना, सेनाद्वारा चालकको उद्वार
दार्चुला : ब्याँस गाउँपालिका- ४ स्थित गल्थामा ट्याक्टर दुर्घटना भएको छ । सोमबार दिउँसो साढे १ बजेको समयमा महाकाली कोरिडोर अन्तर्गत निर्माण भइरहेको सडकमा निर्माण सामग्री बोकेको सु.प्र.प ११६६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर दुर्घटना लगत्तै सुन्सेरास्थित नेपाली सेनाको विकास निर्माण दल-२ बाट जमदार दिपक शाहीको कमान्डमा १० जनाको टोलि घटनास्थल खटिइ ट्याक्टर चालकको उद्दार गरेको छ । ट्याक्टर दुर्घटनामा कंचनपुरको भीमदत्त नगरपालिका-९ घर भएका २० बर्षिय चालक










