विश्व फार्मासिष्ट दिवस विविध कार्यक्रम गर्दै मनाइयो
कैलाली : धनगढीमा विश्व फार्मासिष्ट दिवस मनाइएको छ। बिहीबार सेप्टेम्बर २५ का दिन नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा फार्मासिष्ट दिवस मनाइएको हो। दिवसका अवसरमा बिहान धनगढीको जेन जी मार्गबाट सेती प्रादेशिक अस्पताल हुँदै देव तालिम केन्द्रसम्म नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले संयुक्त र्याली निकालेको थियो ।र्यालीपश्चात् देव तालिम केन्द्रमा स्वास्थ्य क्षेत्र सङ्ग सम्बन्धित विभिन्न स्वास्थ्यकर्मीहरुको उपस्थितिमा फार्मेसी पेशा : अवसर,