स्वास्थ्य

धनगढीमा भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण

कैलाली : भारतबाट फर्केका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधवार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो । कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताए

नेपाल प्रेस युनियन स्थापना दिवस : दार्चुुलामा स्वास्थ्य परीक्षण

दार्चुला : नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दार्चुला शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दार्चुलाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । युनियनको साताव्यापी कार्यक्रमअन्तर्गत जेठ १३ गते दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दार्चुला शाखाका अध्यक्ष कमल राज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मधुमेहको परीक्षण, उच्च रक्तचाप, शरीरको उचाइ

सिनियर अहेव जोशीद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप

दार्चुला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण

दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको दार्चुला जिल्ला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको छ । मंगलवार दार्चुला जिल्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बिक्रम सिंह धामी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपक जोशी र मेडिकल सुपरिटेन्डेन्ट सन्जीव श्रेष्ठले प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र सचिव चक्रपाणी पाण्डेलाई भेटि अस्पतालको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । जिल्ला अस्पताल दार्चुलाले अस्थायी संरचनामा सेवा दिइरहेको छ । अस्पतालसँग अहिले बिरामीको चाप अनुसारको

दार्चुलामा ९७ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

दार्चुला : दार्चुलामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सम्पन्न भएको छ । माघ २२ गते देखि सुरु भएको महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सोमबार सम्पन्न भएको हो । दार्चुलाका ९ वटै स्थानीय तहमा गरि लक्ष्यको ९७ प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा यस अघि नै खोप अभियान सम्पन्न भएको र सोमवार महाकाली नगरपालिकामा पनि अभियान

दार्चुलामा ७ हजार २६४ किशोरीलाई एचपीभी खोप दिइने

दार्चुला : दार्चुलामा ७ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तर्गत जिल्लाभरीका ७ हजार २६४ किशोरीलाई खोप दिइन लागिएको हो । शुक्रवार स्वास्थ्य कार्यालय दार्चुलाले सञ्चालन गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । एचपीभी खोप अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र कुनै कारण विद्यालय

दार्चुलामा २० वर्षमुनि नै आमा बन्दै : १४ प्रतिशत किशोरावस्थामै सुत्केरी

दार्चुला : कानूनले ‘बिहेबारी बीस वर्ष पारी’ भनेपनि दार्चुलामा २० वर्षमुनि नै सुत्केरी हुने संख्या धेरै छ । यहाँका १४ प्रतिशत महिला २० वर्षमुनि नै सुत्केरी भइरहेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २० वर्षमुनिका १४ दशमलव ३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् । गत आर्थिक वर्षमा दार्चुलामा ७७ दशमलव ८ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा १४ दशमलव ३ प्रतिशत २० वर्षमुनिका महिला रहेको

दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने

दार्चुला : दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर २ गतेदेखि १२ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा मंसिर २ गतेदेखि १२ गतेसम्म खोपअभियान सञ्चालन गर्न पत्राचार गरिएको छ । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी बढीमा ३ दिनसम्म

दार्चुला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक मिश्रको बिदाई

दार्चुला :  जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया सहायक (असिस्टेन्ट) बागेश्वर प्रसाद मिश्रको मंगलवार अस्पताल बिदाई गरेको छ । निक साइमन इन्स्टिच्युट (एनएसआई) अन्तर्गत २०७५ माघ २७ गतेबाट जिल्ला अस्पताल दार्चुलामा काम थालेका एनेस्थेसिया सहायक (असिस्टेन्ट) मिश्र ५ वर्ष ७ महिनापछि यहाँबाट महाकाली अञ्चल अस्पताल गएका छन् । उनको मंगलवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलाले बिदाई गरेको हो । एनएसआईले दुई वर्षको लागि दार्चुला खटाएका असिस्टेन्ट मिश्रको उत्कृष्ट कार्यसम्पादन देखिएकाले