स्वास्थ्य

सिनियर अहेव जोशीद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप

दार्चुला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण

दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको दार्चुला जिल्ला अस्पतालका समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको छ । मंगलवार दार्चुला जिल्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बिक्रम सिंह धामी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपक जोशी र मेडिकल सुपरिटेन्डेन्ट सन्जीव श्रेष्ठले प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र सचिव चक्रपाणी पाण्डेलाई भेटि अस्पतालको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । जिल्ला अस्पताल दार्चुलाले अस्थायी संरचनामा सेवा दिइरहेको छ । अस्पतालसँग अहिले बिरामीको चाप अनुसारको

दार्चुलामा ९७ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

दार्चुला : दार्चुलामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सम्पन्न भएको छ । माघ २२ गते देखि सुरु भएको महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सोमबार सम्पन्न भएको हो । दार्चुलाका ९ वटै स्थानीय तहमा गरि लक्ष्यको ९७ प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा यस अघि नै खोप अभियान सम्पन्न भएको र सोमवार महाकाली नगरपालिकामा पनि अभियान

दार्चुलामा ७ हजार २६४ किशोरीलाई एचपीभी खोप दिइने

दार्चुला : दार्चुलामा ७ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तर्गत जिल्लाभरीका ७ हजार २६४ किशोरीलाई खोप दिइन लागिएको हो । शुक्रवार स्वास्थ्य कार्यालय दार्चुलाले सञ्चालन गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । एचपीभी खोप अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र कुनै कारण विद्यालय

दार्चुलामा २० वर्षमुनि नै आमा बन्दै : १४ प्रतिशत किशोरावस्थामै सुत्केरी

दार्चुला : कानूनले ‘बिहेबारी बीस वर्ष पारी’ भनेपनि दार्चुलामा २० वर्षमुनि नै सुत्केरी हुने संख्या धेरै छ । यहाँका १४ प्रतिशत महिला २० वर्षमुनि नै सुत्केरी भइरहेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २० वर्षमुनिका १४ दशमलव ३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् । गत आर्थिक वर्षमा दार्चुलामा ७७ दशमलव ८ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा १४ दशमलव ३ प्रतिशत २० वर्षमुनिका महिला रहेको

दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने

दार्चुला : दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर २ गतेदेखि १२ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा मंसिर २ गतेदेखि १२ गतेसम्म खोपअभियान सञ्चालन गर्न पत्राचार गरिएको छ । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी बढीमा ३ दिनसम्म

दार्चुला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक मिश्रको बिदाई

दार्चुला :  जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया सहायक (असिस्टेन्ट) बागेश्वर प्रसाद मिश्रको मंगलवार अस्पताल बिदाई गरेको छ । निक साइमन इन्स्टिच्युट (एनएसआई) अन्तर्गत २०७५ माघ २७ गतेबाट जिल्ला अस्पताल दार्चुलामा काम थालेका एनेस्थेसिया सहायक (असिस्टेन्ट) मिश्र ५ वर्ष ७ महिनापछि यहाँबाट महाकाली अञ्चल अस्पताल गएका छन् । उनको मंगलवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलाले बिदाई गरेको हो । एनएसआईले दुई वर्षको लागि दार्चुला खटाएका असिस्टेन्ट मिश्रको उत्कृष्ट कार्यसम्पादन देखिएकाले

नगर प्रहरीलाई पन्ध्र महिनापछि तालिम

दार्चुला : महाकाली नगरपालिकाका नगर प्रहरीले पन्ध्र महिनापछि आधारभूत तालिम प्राप्त गरेका छन् । २०७९ साल चैत महिनामा नियुक्त भएका नगर प्रहरीले अहिले आएर पहिलो पटक आधारभूत तालिम लिएका हुन् ।नगर प्रहरीका लागि असार १४ गतेदेखि असार २३ गतेसम्म १० दिन नेपाल प्रहरीद्धारा तालिम दिइएको हो । शारीरिक र सैद्धान्तिक गरी २ प्रकारको तालिम दिइएको बताइएको छ । तालिमको एक कार्यक्रमका बीच सोमवार समापन गरिएको छ । महाकाली नगरपालिकामा प्रहरी

दार्चुलामा १ सय २८ जना क्षयरोगका बिरामी फेला

दार्चुला : दार्चुला जिल्लामा १ सय २८ जना क्षयरोगका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षमा जिल्लाका १ सय २८ जना क्षयरोगी फेला परेका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले शुक्रवार आयोजना गरेको पत्रकार तथा अन्य स्वास्थ्य संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार दार्चुलाका ९ वटै स्थानीय तहमा क्षयरोगका बिरामी फेला परेका छन् । सबैभन्दा बढी जिल्लाको