महेन्द्र माविका प्रशिक्षक र कर्मचारी गरी १५ जना हटाइए
दार्चुला : जिल्लाकै उलेख्य विद्यार्थी संख्या भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र मावि खलंगामा कार्यरत प्रशिक्षक र विद्यालय कर्मचारी गरी १५ जना हटाइएका छन् । विद्यालयको आन्तरिक स्रोतबाट तलब सुविधा प्राप्त गर्ने प्रशिक्षक र कर्मचारी गरी १५ जनालाई हटाइएको हो । भदौ ३० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले १५ जना कर्मचारीलाई भदौ मसान्तपछि हाजिरमा रोक लगाउने निर्णय गरेको महेन्द्र माविले जनाएको छ । हटाइनेमा प्रशिक्षक ईन्जिनियर सुरेश बोहरा, ईन्जिनियर बिरेन्द्र