मालिकार्जुन गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा
दार्चुला : मालिकार्जुन गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको छ । मालिकार्जुनको सान, बालविवाहमुक्त गाउँपालिका हाम्रो अभियान भन्ने मूल नाराका साथ सोमवार मालिकार्जुन गाउँपालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिएको हो । २०८२ साल भित्र पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने स्थानीय रणनीति अनुसार गाउँपालिकाका ८ वटै वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै सोमवार एक कार्यक्रमका बीच गाउँपालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी









