समाचार

भीरबाट लडेर प्रधानाध्यापक डोबालको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक जना प्रधानाध्यापकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका-२ मुल्लास्थित सरस्वती आधारभूत विद्यालय घट्टेखोलाका प्रधानाध्यापक राम सिंह डोबालको मृत्यु भएको हो । बुधवार साँझ नौगाड गाउँपालिका-२ दल्लेखबाट घर फर्कदै गर्दा भेरागाडास्थित भीरमा लडेर गम्भीर घाइते भएका डोबाललाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सेनाका जर्नेल खत्रीद्वारा तिंकर सडक अनुगमन, गाउँमा पुग्दा फूलमालाले स्वागत

दिपक खाती, दार्चुला : नेपाली सेनाद्वारा निर्माण भईरहेको तुषरपानी-कोठेधार- तिंकर सडक आयोजनाको नेपाली सेनाका सहायक रथी पवन खत्रीले अनुगमन, निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिम पृतना हे.क्वा.का सहायक रथी खत्रीले आइतबार आयोजना क्याम्प रहेको सुन्सेराबाट गाडीमा ब्याँस गाउँपालिका-२ को राङ्थलसम्म पुगेर सडकको स्थलगत रूपमा अनुगमन तथा निरीक्षण गर्नुभएको दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख-सेनानी राजेश कटवालले जानकारी दिए । सडकको अनुगमन तथा निरीक्षणका क्रममा सहायक रथी खत्री र `दार्चुला-तिङ्कर´ सडक आयोजनाका प्रमुख-सेनानी

लास्कु र निजङगाड खोलामा मोटरेबल पुल बन्ने

दार्चुला : चालू आर्थिक वर्षमा महाकाली कोरिडोर सडक अन्तर्गत दार्चुलामा दुई वटा मोटरेबल पुल निर्माण गरिने भएका छन् । महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका प्रमुख ईश्वर कार्कीका अनुसार दार्चुलाको लास्कु खोला र निजाङगाड खोलामा यस वर्ष मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको हो । महाकाली कोरिडोर अन्तरर्गत ४० वटा मोटरेवल पुल निर्माणका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश गरिए पनि २ वटा पुलका लागि मात्रै बजेट सुनिश्चित भएको प्रमुख कार्कीले

चुनाव नलड्ने दिलेन्द्र प्रसाद बडूको घोषणा

दार्चुला : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । सोमवार वक्तव्य सार्वजनिक गर्दै आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बडूलाई एकल रुपमा सिफारिस गरेको थियो । तर, बडूले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यस्तै मंसिर २५ र २६ गते

गैसस महासंघ नेपाल दार्चुलाको अध्यक्षमा कुँवर, १३ सदस्यीय समिति गठन

दार्चुला : गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाचौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदमुकाम खलंगामा भएको गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको पाँचौ अधिवेशनबाट ताराकेशरी कुँवर अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्षमा अशोक राज ओझा, सचिवमा नरेन्द्र सिंह कार्की, उप–सचिव खडक सिंह ठगुन्ना र कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रकाश सिंह सामन्त, पुष्प राज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र सिंह धामी,

मालिकार्जुन मावि धापको ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दार्चुला : वि. सं. २०२२ सालमा स्थापना गरिएको जिल्लाको महाकाली नगरपालिका–७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धापले आफ्नो ६१औँ वार्षिकोत्सव मनाएको छ । मंगलवार एक कार्यक्रमका बीच विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । वार्षिकोत्सवको महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरले उद्घाटन गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवसिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा महाकाली

नौगाडमा गाउँबस सेवा सञ्चालनमा

दार्चुला : नौगाड गाउँपालिकाले गाउँबस सञ्चालनमा ल्याएको छ । गाउँकार्यपालिकाको बैठकबाट गाउँपालिकाबासीको यातायातमा सहजताका लागि गाउँबस संचालनमा ल्याउने निर्णय अनुरुप सोमवारदेखि बस संचालनमा ल्याइएको हो । नौगाड गाउँपालिकाका उपाध्यक्ष जगत सिंह ठगुन्नाले सोमवार एक कार्यक्रमका बीच रिबन काटेर गाउँबस सेवाको उद्घाटन गरेका छन् । गाउँपालिकाबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै गाउँबस सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले बताए । गाउँसभाले कार्यालयको लागि सवारी साधन खरिद शीर्षकमा ५५ लाख

विद्यालयबाट घर फर्किरहेकी ११ वर्षीया बालिकालाई ढुङ्गा लाग्यो, दुबै खुट्टा भाँचिए

दार्चुला : दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर एक बालिका गम्भीर घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–७ स्थित लटिनाथ आवि थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापाको विद्यालयबाट घर फर्कने क्रममा खुट्टामा ढुङ्गा लागेको हो । सोमवार दिउँसो विद्यालयबाट घर गइरहेकी थापाको माथिबाट खसेको ढुङ्गाले दुबै खुट्टा भाँचिएको छ । उनको दाँया खुट्टा घुडामुनि पूरै भाँचिएको छ भने बाँया खुट्टामा पनि गम्भीर चोट छ । घटनास्थलबाट

सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले मनायो दोस्रो वार्षिकोत्सव

दार्चुला : लेकम गाउँपालिका–३ रतौडाको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले दोस्रो वार्षिकोत्सव मनाएको छ । केन्द्रले बिहीवार आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो । सीडाको आर्थिक सहयोग तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा सञ्चालित ट्रोसा–२ परियोजनाअन्तर्गत गठन गरिएको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर जगत सिंह ऐरीले जानकारी दिए । वार्षिक उत्सवका अवसरमा केदार आधारभूत विद्यालय रतौडालाई

दुहुँमा एकीकृत सामुदायिक विकास परियोजनाको सयुंक्त अनुगमन

दार्चुला : दुहुँ गाउँपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका एकीकृत सामुदायिक विकास परियोजनाहरूको संयुक्त अनुगमन गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको साझेदारीमा निर्माण गरिएका परियोजनाहरुको मूल्याङ्कन र अवलोकन गर्न सयुंक्त अनुगमन गरिएको हो । शुक्रवार दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती देवी बम, गाउँपालिकास्थित प्रशासन, शिक्षा शाखा, कृषि, महिला तथा बालबालिका शाखा र सहयोगी संस्था गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र सामुदायिक ग्रामिण