समाचार

दार्चुलाका पालिकामा हुलाक स्थापना हुँदै, शैल्यशिखरमा स्थापना गरियो

दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाका स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरिन थालिएको छ । सो क्रममा मंगलवार जिल्लाको शैल्यशिखर नगरपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीको उपस्थितिमा एक कार्यक्रमका बीच शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा हुलाक कार्यालयको स्थापना गरिएको हो । पालिका हुलाक कार्यालय स्थापनाको थालनी शैल्यशिखर नगरपालिकाबाट सुरु भएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत

नेपाल टेलिकमको सेवामा समस्या

दार्चुला : नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा बिहान साढे १० बजेदेखि समस्या आएको हो । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएका छन् । मोबाइल डेटा सेवा समेत प्रभावित छ । सेवामा समस्या आएकोबारे टेलिकमले केही जानकारी दिएको छैन् । टेलिकमको सेवा प्रभावित हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

ऐतिहासिक जोलजिबी मेला महोत्सवको उद्घाटन

दार्चुला : मालिकार्जुन गाउँपालिका–७ मा लाग्ने ऐतिहासिक जोलजिबी मेलाको उद्घाटन गरिएको छ । ऐतिहासिक जोलजिबी मेला महोत्सवको एक औपचारिक कार्यक्रमका बीच शनिवार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्नुभएको हो । ‘ऐतिहासिक जोलजिबी मेला हाम्रो शान, कला संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको मेला महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य बडूले परापूर्व कालदेखि हुँदै आएको जोलजिबी मेला विशुद्ध व्यापारीक र साँस्कृतिक मेला भएको

जीप दुर्घटनाका घाइते ३ जनाको हेलिकप्टरबाट उद्धार

दार्चुला : जीप दुर्घटनामा परी घाइते भएका ३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गम्भीर घाइते मालिकार्जुन गाउँपालिका–८ पस्तीका जीप चालक ३० वर्षीय सुनिल जोशी, शैल्यशिखर नगरपालिका–५ का ७ वर्षीय सन्दिप रावल र बैतडीको डिलाशैनी गाउँपालिका–४ का ४१ वर्षीय उत्तम रोकायाको हेलिकप्टरबाट उद्धार गरी धनगढी लगिएको गोकुलेश्वर अस्पताल दार्चुलाका निमित्त मेसु डाक्टर उत्तम सिंह धामीले जानकारी दिए । यस्तै भारतको बिजनैरका १८ वर्षीय सोहिन शाहको गोकुलेश्वरमा उपचार भइरहेको

जीविकोपार्जनमा सशक्त बन्दै महिला

दार्चुला : सीमा नदी महाकाली किनारका महिलाहरु जीविकोपार्जनमा सशक्त बन्दै गएका छन् । सीडाको आर्थिक तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपाल दार्चुलाले जिल्लामा ट्रोसा दोस्रो परियोजना अन्तर्गत महिलालक्षित विभिन्न जीविकोपार्जनका क्षेत्रमा काम गर्न थालेपछि यहाँका महिलाहरु सशक्त बन्दै गएका हुन् । दार्चुला जिल्लाका ५ पालिकामा ट्रोसा दोस्रो परियोजना लागू छ । जसअन्तर्गत १० वटा महिला आर्थिक सशक्तिकरण केन्द्र गठन भएका छन् । गाउँ–गाउँमा गठन भएका केन्द्र (समूह) मा आवद्ध

दार्चुलामा ८ जना जुवाखालबाट पक्राउ

दार्चुला : दार्चुलामा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ ऐरीछनास्थित किसन सिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना आइतवार दिउँसो पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका-४ बस्ने घरधनी २५ वर्षीय किसन सिंह धामी, ४० वर्षीय भवान सिंह धामी, ५१ वर्षीय ईन्द्र सिंह धामी, वर्ष ३४ का  मान सिंह धामी, मालिकार्जुन गाउँपालिका-३ बस्ने ६० वर्षीय मान सिंह धामी, सोही ठाउँका ६० वर्षीय

चालू आर्थिक वर्षमा दार्चुलामा ३२ लाख बढी भन्सार छलीको सामान बरामद

दार्चुला : दार्चुलामा चालू आर्थिक वर्षमा प्रहरीले ३२ लाख २० हजार ९९० मूल्य बराबरको भन्सार छलीको समान बरामद गरेको छ । चालू आर्थिक वर्षको साउन महिनादेखि कात्तिक १५ गतेसम्मको तथ्यांक अनुसार प्रहरीले उक्त परिमाणको भन्सार छलीको समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन २४ गते महाकाली नगरपालिका–८ धापबाट १३ हजार मूल्य बराबरको भन्सार छलीको चप्पल, खाने तेल, पास्ता, चिनी र बगोडेने विषादी पाउडर बरामद गरिएको छ

रैत्यौडाको लटिनाथ मन्दिरमा सप्तमीका दिन जात्रा लाग्दै

दार्चुला : महाकाली नगरपालिका-७ रैत्यौडामा अवस्थित लटिनाथ मन्दिरमा कात्तिक २३ गते जात्रा लाग्दैछ । हरेक वर्ष कात्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन लटिनाथ मन्दिरमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ । जात्राको दिन विशेष सांस्कृतिक विधिद्वारा पूजापाठ, भक्तजनहरूद्वारा दीयो-बत्ती प्रज्वलन, भजन-कीर्तन जस्ता धार्मिक कार्यहरू हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

दार्चुलामा एक जना महाकाली नदीमा हाम फालेर बेपत्ता

दार्चुला : दार्चुलामा एक जना महाकाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्लाको महाकाली नगरपालिका-५ नमस्कार क्षेत्रबाट भोजपुर जिल्लाका अन्दाजी २६ वर्षीय प्रकाश खतिवडा महाकाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् । सोमवार बिहान साढे ११ बजेतिर खतिवडा महाकाली नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा प्रहरी टोलि खटिएको छ भने सशस्त्र प्रहरी बल नेपाल

सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने विक पक्राउ

दार्चुला : सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी