मोटरेवल पुलको भारतीय राजदूतद्वारा अनुगमन
दार्चुला : दार्चुलामा महाकाली नदीमाथि निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अनुगमन गर्नुभएको छ । बिहीवार साँझ दार्चुला पुगेका राजदूत श्रीवास्तवले शुक्रवार बिहान महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको हो । ३२ करोड ९८ लाख भारतीय लगानीमा निर्माण भइरहेको १ सय १० मिटर लम्बाईको मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको काम भारतीय निर्माण कम्पनी