समाचार

एक बर्षमा ७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ। किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन्। किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै

यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीन जनाले ज्यान गुमाएका छन्। दुई जनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ। तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो। यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर

दमकी बिरामी खडायतको उपचारका क्रममा मृत्युभएपछि..

दार्चुला : दार्चुलामा दमकी बिरामी रहेकी एक महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-१ बलाँचकी अन्दाजी ४० वर्षीया मिना खडायतको बुधवार उपचार गर्दागर्दै मृत्यु भएको हो । बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शैल्यशिखर पोलिक्लिनिकमा उपचार गराउन गएकी उनको त्यहाँ सुई लगाउँदा मुटुको धडकन बढेको र अन्त जान भनेपछि आफन्तले गोकुलेश्वर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले उनको शव गोकुलेश्वर अस्पतालमै रहेको जनाइएको छ ।

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो। नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो । तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ । २०८०।०८१

विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो

दार्चुला : दार्चुलामा पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । १७ औँ गणतन्त्र दिवस दार्चुलामा रक्तदान, वृक्षारोपण जस्ता कार्यक्रम गरी मनाइएको हो । जिल्ला समन्वय समिति दार्चुलाको आयोजना र महाकाली नगरपालिकाको आर्थिक सहयोगमा मंगलवार जिल्ला सदरमुकाम खलंगाको खुलामञ्चमा भेला भई र्यालीसहित जिल्ला अस्पताल पुगेर रक्तदान गरिएको थियो । त्यसपश्चात डिभिजन वन कार्यालयको सहकार्यमा जिल्ला प्रहरी कार्यालय परिषर पछाडी वृक्षारोपण गरिएको थियो । दिवसको अवसरमा महाकाली नगरपालिकाका विभिन्न स्थानमा

दयाहाङ र स्वेताको ‘कान्छी’ गीत रिलिज

माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीतको भिडियो रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, निर शाह, भूमिका श्रेष्ठ, अनु शाह लगायतको उपस्थितीमा गीत रिलिज गरियो । ३३ बर्ष अगाडि बनेको नेपाली चलचित्र ‘कान्छी’को नाम सापटी लिएर निर्माण गरिएको चलचित्रमा नायिका स्वेता खड्का शिर्ष भूमिकामा छिन् । कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको

डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

बदर मत रोक्न गोरखामा नमूना मतदान

१७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो । यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो । आसन्न निर्वाचनमा