समाचार

वल्डलिङ्क विद्यार्थीमुखी कार्यक्रम दार्चुलामा सम्पन्न

दार्चुला : वरल्डलिन्क सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दार्चुलाको मालिकार्जुन मावि धापमा विधार्थीमुखी कार्यक्रम सम्पन्न गरिएको छ । वरल्डलिंक कम्युनिकेशन (WORLDLINK) को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (EWBN) र STEM Karyashala Pvt. Ltd. को आयोजनामा महाकाली नगरपालिका-७ धापस्थित मालिकार्जुन माविमा इन्नोभेसन ‘आई–जात्रा’ सम्पन्न गरिएको हो । यस कार्यक्रममा विधार्थीहरूले सिर्जनात्मक परियोजना र सिकाइहरू प्रस्तुत गरेका थिए। वर्ल्डलिङ्क CSR ले Engineers Without Borders (EWBN) सँग सहकार्य गरी बिगत २ वर्षदेखि नेपालको विभिन्न

मालिकार्जुन जात्रा : मदिरा निषेध, ट्राफिक नियम अनिवार्य, सुरक्षा व्यवस्था चुस्त

दार्चुला : जिल्लाकै ठूलो जात्राका रुपमा लिइने मालिकार्जुन गाउँपालिका-३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको जात्रालाई सभ्य र भब्य मनाइने भएको छ । मङ्गलवार लाग्ने रात्रिकालिन जात्रालाई मध्यनजर गर्दै मदिरा तथा मदिराजन्य पदार्थमा पूर्ण रोक लगाइने, दुर्घटना हुन नदिन ट्राफिक नियममा कडाइ गर्ने र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।जात्रालाई सभ्य र भव्य बनाउन हर सम्भव प्रयासको पहल थालिएको प्रजिअ पौडेलले बताए । जात्रालाई

‘जीवन र मृत्युबीच लडिरहेका रोशनलाई अब हामी सबैको साथ चाहियो’

दार्चुला : जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका १६ वर्षीय रोशन बडाल अहिले ब्लड क्यान्सरसँग ज्यानको युद्ध लडिरहेका छन् । कक्षा ९ मा अध्ययनरत रोशन अहिले काठमाडौंस्थित सिभिल अस्पतालको शैय्यामा दिनरात बेदनासँग जुधिरहेका छन् । जसले कहिल्यै हार मानेका थिएनन्, विद्यालयमा राम्रो पढ्थे, सपना थियो परिवारलाई उज्यालो भविष्य दिने तर नियतिले अर्कै बाटो देखायो। ब्लड क्यान्सरको संक्रमणसँगै उनको परिवारमा बज्रपात भयो । अझ दर्दनाक त के भने, उपचारकै बीचमा उनका बुबाको अकस्मात्

दार्चुलाको मार्मामा जीप दुर्घटना, जीप धनिको मृत्यु

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  शुक्रवार बिहान मार्माको लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १६६२ नम्बरको जीप दानीखेतमा दुर्घटना भएको हो।  उक्त दुर्घटनामा परी जीप धनि ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालको मृत्यु

दार्चुला : दार्चुलामा साइकलबाट लडेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । शुक्रवार दिउँसो महाकाली नगरपालिका–४ स्थित रिङ्नतालको ओरालो सडकमा साइकलबाट लडेका नौगाड गाउँपालिका–२ दल्लेखका २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका डडालको दिउँसो पौने चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिए । साइकलबाट खसेका डोबालको प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।

अर्गानिक खेतीमा अपिहिमाल गाउँपालिका प्रदेशमै उत्कृष्ट

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ । ४५ औँ विश्व खाद्य दिवसको अवसरमा बिहीवार एक कार्यक्रमका बीच नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो । अपिहिमाल गाउँपालिकामा ‘अर्गानिक अपि’ (विषादीरहित कृषि उत्पादन प्रवद्र्धन) कार्यक्रम सञ्चालनमा रहेको छ । सोहि ‘अर्गानिक अपि’ कार्यक्रमअन्तर्गत खाद्य सुरक्षामा र स्वच्छ खानामा पहुँच पुगेकोले अपिहिमाल गाउँपालिका सम्मानित भएको गाउँपालिका अध्यक्ष

जेलबाट भागेका ‘कुख्यात’ कैदी कुँवर पक्राउ

दार्चुला : दार्चुला कारागारबाट भागेका कैदी उमेश सिंह कुँवर पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति कारागारबाट भागेर फरार रहेका महाकाली नगरपालिका–१ का कुँवर मंगलवार राति पक्राउ परेका हुन् । २४ वर्षीय कुँवर जबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका थिए । कुँवर फरार भएको २९ दिनपछि पक्राउ परेका हुन् । घरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला

थालिगाड–निसिल सडकखण्डमा जीप दुर्घटना : एकको मृत्यु, १० घाइते

दार्चुला : दार्चुलाको थालिगाड निसिल सडक खण्डमा जीप दुर्घटना भएको छ । महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ को निसिलतर्फ गइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप आइतवार दिउँसो ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृतक २८ वर्षीय नरेश बहादुर पाल रहेका छन् । यस्तै घाइते हुनेमा वर्ष ४० को अम्मर सिंह धामी, वर्ष

ब्याँसका ‘लेखापाल’प्रति अनेक आरोप

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) गोपाल सिंह विष्टप्रति अनेक आरोप लागेका छन् । ब्याँस गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखापालप्रति विभिन्न आरोप लगाएका हुन् । लेखापालले अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि न फोन उठाउने, न कल ब्याक गर्ने भन्ने पहिलो आरोप उपाध्यक्ष कुँवरको छ । फोन कल रिसिभ नगर्नेले सेवाग्राहीलाई कति दुःख दिएको होला भन्ने प्रश्न तेर्साइएको छ ।

दार्चुलामा बस र जीप एकआपसमा ठोक्किए

दार्चुला : दार्चुलामा बस र जीप एक आपसमा ठोकिएका छन् । शुक्रवार बिहान साढे ८ बजेको समयमा शैल्यशिखर नगरपालिका-६ पनेबाज नजिकै बस र जीप एक आपसमा ठोक्किएका हुन् । जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको सुपप्र ०२-००१ ख १५२३ नम्बरको बस र गोकुलेश्वरबाट सदरमुकामतर्फ आइरहेको म १ ज २३९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा जीपको अगाडिको भागमा क्षति पुगेको छ ।  दुर्घटनामा मानवीय क्षति नभएको तर, जीपमा केहि क्षति