भोलि धारचुला बजार र सीमा पुल बन्दको घोषणा
दार्चुला : कमलेश दानुका हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ । शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न संघसंस्थाहरूले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाद स्वरुप धारचुला बजार र सीमा पुल बन्दको घोषणा गरेका हुन् । ज्ञापनपत्र बुझाउनेमा राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु,