समाचार

ठड्याभीरमा काम गरिरहेको जेसीबी पहिरो खस्दा पुरियो, चालक घाइते

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पुरिएको छ । शुक्रवार बिहान ५ बजेतिर सडक माथिबाट सुख्खा पहिरो खसेको हो । पहिरोले एक्साभेटर पुरिदा चालक जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका-११ घर भएका वर्ष २६ का रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्याएका छन् । प्रदेश ०३ -०१- ००३ क ७४०५ नम्बरको एक्साभेटर

महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बडालको जिम्मेवारी रद्ध

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर सिंह बडालको जिम्मेवारी खोसिएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधवारको निर्णयले उनको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले बिहीवार पत्राचार तथा सूचना जारी गर्दै निमित्त भई कार्य प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको छ । बडाल २०८० चैत २८ गतेदेखि महाकाली नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आइरहेका थिए

भारतमा स्थानीय निकाय सामान्य चुनाव : खलंगा सीमा पुल तीन दिन बन्द हुने

दार्चुला : २३ जनवरीमा हुने भारतको स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल तीन दिन बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत जोड्ने दार्चुलाको खलंगा झोलुङ्गे पुल तीन दिन बन्द हुन लागेको हो । मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै भारत पिथौरागढ जिल्लाको धारचुला तहशिलअन्तर्गत स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल बन्द गरिन लागेको जनाएको छ। प्रशासनका अनुसार खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुल

समाजसेवी बमद्धारा विपन्न तथा अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग

दार्चुला : दुहुँ गाउँपालिका–३ सिमली बस्ने समाजसेवी बिरेन्द्र बहादुर बमले विपन्न तथा अनाथ बालबालिकालाई न्यायो कपडा सहयोग गरेका छन् । आइतवार समाजसेवी बमले एक कार्यक्रमका बीच दुहुँ गाउँपालिकाका विपन्न व्यक्ति र धारीस्थित अनाथालयमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । दुहुँ गाउँपालिकाका ५ वटै वडाका असहाय, विपन्न ४० जनालाई कम्बल र दुहुँ गाउँपालिका–४ धारीस्थित अनाथालयमा रहेका १४ जना बालबालिकालाई ट्याक सुट समाजसेवी बमले सहयोग गरेको दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति

सशस्त्र प्रहरीद्धारा रक्तदान कार्यक्रम र सीमामा लागूऔषध बारेको सडक नाटक प्रदर्शन

दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । २४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सशस्त्र प्रहरीले शुक्रवार रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक हर्क राज पन्त र प्रहरी जवान पुनेश चुनाराले रक्तदान गरेका छन् । जिल्ला अस्पताल दार्चुलामा रगतको आवश्यकता धेरै हुने

दार्चुलामा बस र जीप एक आपसमा ठोक्किए, सामान्य क्षति, यात्रु सकुशल

दार्चुला : दार्चुलामा बस र जीप एक आपसमा ठोक्किएका छन् । बिहिवार बिहान साढे ९ बजेतिर जिल्लाको मालिकार्जुन गाउँपालिका-८ थकतोलीमा महेन्द्रनगरबाट दार्चुलातर्फ आउँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस र दार्चुलाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज १११० नम्बरको जीप एक आपसमा ठोक्किएका हुन् । बस आरोलामा चिप्लिन गइ बिपरित दिशाबाट आइरहेको जीप सङ्ग जुघिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीपको अगाडी पट्टिको भागमा

अपिहिमालमा सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु

दार्चुला : दार्चुलामा सुत्केरी ब्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-१ की २५ वर्षीया द्रोपति जागरीको मंगलवार राती मृत्यु भएको हो ।सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पुर्याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय कमान सिह धामीले जानकारी दिए । आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहदा एक्कासी बेहोस भएर उनको ज्यान गएको धामीले बताए । जागरीका यसअघि एक छोरी छिन्

भूमि आयोग दार्चुलाको अध्यक्षमा धामी

राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्षमा लाल सिंह धामी नियुक्त भएका छन् । धामी पुःन भूमि समस्या समाधान आयोग दार्चुलाको अध्यक्षमा नियुक्त भएका हुन् । सोमवार ७१ जिल्लामा अध्यक्ष नियुक्त गरिएको छ । भूमि व्यवस्था मन्त्रालयले आयोगका अध्यक्षहरुको नियुक्ति गरेको हो । सुदूरपश्चिम प्रदेशमा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस बीच भागबन्डा भएको छ । यस्तै बैतडीमा रमेश दत्त पाण्डेय,

दार्चुलामा सशस्त्र प्रहरीद्वारा यात्रु प्रतिक्षालय निर्माण

दार्चुला : दार्चुलामा सशस्त्र प्रहरी बलले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । जिल्लाको महाकाली नगरपालिका–९ दत्तुमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको सहयोग तथा वडाको समन्वयमा यात्रु प्रतिक्षालयको निर्माण गरिएको हो । २४ औँ सशस्त्र प्रहरीे दिवसको अवसर पारेर महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुस्थित महाकाली लोकमार्गको छेउँमै सीघ्र प्रभाव आयाेजनाअन्तर्गत यात्रु प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्क राज

मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम

दार्चुला : महाकाली नगरपालिका–७ स्थितको मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सोमवार विद्यार्थीहरुका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लास्थित सुरक्षा प्रमुख, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा आत्म चेतना अभिवृद्धि, लागूऔषध नियन्त्रण, घरेलु हिंसा न्युनिकरण तथा नियन्त्रण र साईबर अपराध सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।