नौगाडमा बाघले बाख्रा खायो
दार्चुला : दार्चुलाको नौगाडमा बाघले बाख्रा खाएको छ । नौगाड गाउँपालिका-३ जामिरमा जङ्गलमा चराउन लगेका बाख्रा बाघले खाएको हो । शुक्रवार दिउँसो १२ बजेतिर हरिराम ठगुन्नाको बाख्रालाई जामिरस्थित सिमलधार सामुदायिक वनमा बाघले आक्रमण गर्दा मारेको स्थानीय जगत बहादुर ठगुन्नाले जानकारी दिए । केही दिन अगाडि पनि त्यस गाउँमा कुकुरलाई पनि बाघले खाएको थियो । बाघ आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।










