शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्रले मनायो प्रथम वार्षिकोत्सव
दार्चुला : लेकम गाउँपालिका–३ रतौडास्थित शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्दले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएसद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएको उक्त सशक्तीकरण केन्द्रले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । प्रथम वार्षिक उत्सव कार्यक्रमका अवसरमा केदार आधारभूत विद्यालय रतौडाका बालबालिकाहरु माँझ हाजिरी जवाफ प्रतियोगिता गराई शैक्षिक सामग्री वितरण गरिएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर जगत सिंह ऐेरीले जानकारी दिए










