दार्चुलामा पनि विद्यार्थीहरुले प्रदर्शन गर्दै

दार्चुलामा पनि विद्यार्थीहरुले प्रदर्शन गर्दै

दार्चुला : देशमा (जेन जेड) पुस्ताले आन्दोलन चर्काइरहदा दार्चुलामा पनि र्याली निकालिने भएको छ । दार्चुला बहुमुखी क्याम्पस स्ववियुले मंगलवार सूचना जारी गर्दै बिहान १० बजेदेखि शान्तिपूर्ण र्याली निकालिने जनाएको छ ।

देशव्यापि विरोध र प्रर्दशनमा रहेका युवा पुस्ता तथा विद्यार्थी समूहको Gen-Z लाई प्रहरिले गोलि हानी हत्या गरेको बिरोधमा खलंगा बजारमा शान्तिपूर्ण र्याली निकालिने स्ववियु अध्यक्ष प्रकाश बडूले बताए ।
विद्यार्थी माथि भएको क्रुर अमानविय व्यवहार र सरकारको दमनविरुद्ध शान्तिपूर्ण प्रर्दशनमा सहभागि हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरिएको छ ।

यसैबीच आज विहानै जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । पछिल्लो अवस्था र स्थितिलाई मध्यनजर गर्दै छलफल र आवश्यक सयमता अपनाउने बारे बैठक केन्द्रीत रहेको बताइएको छ । यसै अनुसार सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *