दार्चुला : नेपाली काँग्रेस दुहुँ गाउँपालिका कार्यसमितिले भोटेकोसी बाढीपहिरो पीडितका लागि पार्टीका सदस्यहरूबाट स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरेको छ। दुहुँ गाउँपालिका कार्य समितिको भाद्र १४ गते बसेको बैठकले वडा कार्यसमितिमार्फत सहयोग संकलन गर्ने निर्णय गरेको हो।
संकलित सहयोग नेपाली काँग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा हस्तान्तरण गरिने निर्णय भएको नेपाली काङ्ग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुँवरले बताए । सभापति कुँवरका अनुसार सहयोग संकलनको जिम्मेवारी वडा कार्यसमितिलाई दिइने छ ।
यस्तै बैठकले नेपाली काँग्रेसको वडा तथा पालिका अधिवेशनको पूर्वतयारी गर्ने निर्णयसमेत गरेको छ।
पालिका सभापति नरेन्द्र सिंह कुँवरको सभापतित्वमा बसेको बैठकमा नेपाली काँग्रेस जिल्ला सचिव पुलेन्द्र कार्की, प्रदेशसभा क्षेत्र नम्बर १ का उपसभापति गोपाल कार्की, दुहुँका जिल्ला कार्यसमिति सदस्य, पालिका उपाध्यक्ष तथा वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

