दार्चुला : केदारनाथ बचत तथा ऋण सहकारी संस्था दार्चुलाले विपद् प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। सहकारी संस्थाले राष्ट्रिय वाणिज्य बैंक, दार्चुला शाखामार्फत उक्त रकमको चेक जमा गरेको हो । सहकारी संस्थाले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराएको केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड खलंगा दार्चुलाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?
