२० हजार बजेट दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मालिकार्जुन गाउँपालिका-५ को निर्णय

२० हजार बजेट दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मालिकार्जुन गाउँपालिका-५ को निर्णय

दार्चुला : मालिकार्जुन गाउँपालिका–५ को वडा कार्यालयले तीज विशेष कार्यक्रम र नारी दिवसका लागि विनियोजन गरिएको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मदन बहादुर चन्दका अनुसार गाउँपालिकाबाट तीज कार्यक्रमका लागि १० हजार रुपैयाँ र नारी दिवसका लागि १० हजार रुपैयाँ गरी वडालाई विनियोजन गरिएको कुल २० हजार रुपैयाँ कार्यक्रम सञ्चालनमा खर्च नगरी विपद् प्रभावितको सहयोगका लागि उद्धार कोषमा जम्मा गरिने भएको हो।

देश विपत्तिको अवस्थामा रहेकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको भन्दै कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरी विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता चन्दले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *